• 10:45 pm

जिपले ठक्कर दिँदा एकको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र १७ गते, मंगलवार १२:२०

जुम्ला, जुम्लाको कनकासुन्दरी गाँउपालिका–४ रोकायवाडमा खाल्डोमा फसेको जिप निकाल्ने क्रममा जिपले ठक्कर दिँदा एक यात्रुको मृत्यु भएको छ ।

सोमबार राति भे १ ज ७०६ नम्बरको जिप सडकको खाल्डोमा फसेकोमा खाल्डोबाट जिप निकाल्ने क्रममा जिपले ठक्कर दिदा मुगुको सोरु गाँउपालिका–२ का १९ वर्षीय लोकजंग शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाईमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया