• २ असोज २०८३, शुक्रबार
  • ५ः०१ बेलुका

बीपी राजमार्ग फराकिलो बनाइँदै, सुरुङ मार्ग पनि निर्माण गरिने

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार १०:३८

काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने वैकल्पिक सडकका रुपमा निर्माण भएको बीपी राजमार्ग अब दुई लेनको बन्ने भएको छ । सडक साँघुरो हुँदा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि सरकारले दुई लेनको सडक निर्माण गर्ने योजना अगाडि सारेको हो । निर्माण सम्पन्न भएको ५ वर्षपछि सरकारले जापान सरकारको सहयोगमा निर्मित उक्त राजमार्ग विस्तार गर्ने का अगाडि बढाएको छ ।

National Life

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका प्रमुख सूर्यभाटले बढ्दो सवारी चापलाई ध्यानमा राखेर सडक विस्तार गर्ने योजना अगाडि सारिएको बताए । बीपी राजमार्गको धुलिखेल–नेपालथोक हुँदै मूलकोटसम्म करिब ७० किलोमिटर र चिया बगान–बर्दिवासम्मको ४४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर०को काम यसै वर्ष अगाडि बढ्नेछ।

खुर्कोट–सिन्धुलीगढी–चियाबारी ३० किलोमिटर दूरी रहेकामा खुर्कोट–चियाबारी सात किलोमिटरको सुरुङ मार्ग निर्माण भएको अवस्थामा २३ किलोमिटर दूरीसमेत घट्ने भएको छ। उक्त सुरुङ मार्ग निर्माणका लागि जापान सरकार इच्छुक देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

(मधुसूदन रायमाझी)
नेपाल समाचारपत्रबाट साभार

प्रतिकृया