• १ असोज २०८३, बिहीबार
  • ७ः१७ बिहान

पुननिर्माणमा काठमाडौं पछाडि

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार १०:४२

भूकम्पले क्षति पु(याएका निजी घर पुनःनिर्माणमा काठमाडौं पछाडि परेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरयाको १४ जिल्लाको अनुदान सम्झौताको तथ्यांकअनुसार सबैभन्दा धेरै गोरखामा ९९ प्रतिशत सम्झौता भएको छ । सिन्धुपाल्चोक, नुवाकोट, ओखलढुंगा र सिन्धुलीको ९७ प्रतिशत सम्झौता भएको छ । ललितपुरको ८८ प्रतिशत, काठमाडौंको ८७ प्रतिशत, भक्तपुरको ८६ प्रतिशत र मकवानपुरको ८१ प्रतिशत लाभग्राहीसँग सम्झौता भएको छ । बाँकी जिल्लाको अवस्था ९० प्रतिशतभन्दा माथि छ ।

National Life

काठमाडौंमा अनुदानको पहिलो किस्ताको सम्झौता ठिकै देखिए पनि दोस्रो र तेस्रो किस्ता बापतको रकम भुक्तानको अवस्था कमजोर देखिएको हो ।

(उपेन्द्र अर्याल)
अन्नपूर्ण पोष्ट दैनिक बाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया