• ५ साउन २०८३, मंगलबार
  • ४:२० बेलुका

जाजरकोटमा पहिरोका कारण तीन जनाको ज्यान गयो

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार ०९:५६

जाजरकोट – भेरी नगरपालिका–२ तिमीलेमा पहिरोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ । गएराति पौने १ बजेतिर पहिरोले घर पुरिँदा आमा पार्वती वली, छोरीहरु मोतीकला र धनसराको ज्यान गएको जाजरकोटका प्रहरी नायव उपरीक्षक श्याम खत्रीले जानकारी दिनुभयो ।

पार्वतीका श्रीमान बलबहादुर भने सकुशल रहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली उद्धारका लागि टोली खटिएको छ ।

Kamana Sewa

प्रतिकृया