• ६ असोज २०८३, मंगलबार
  • १२ः५५ राती

राष्ट्रिय महिला भलिबलमा गण्डकी र न्यु डायमन्डको विजयी सुरुआत

प्रकाशित मिति

२०७६ भाद्र १५ गते, आईतवार ०९:३३

पोखरा, पोखराको लामाचौरमा शनिबारदेखि सुरु भएको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेश र न्यु डायमन्ड एकेडेमी काठमाडौंले विजयी सुरुआत गरेका छन्। तीज महोत्सवका अवसरमा नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता भएको हो।

National Life

प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेशले पारामाउन्ट इङ्लिस बोर्डिङ स्कुल काठमाडौंलाई २५(१४, २५(११, २५(१५ को सोझो सेटमा पराजित गरेको छ। यसैगरी तेस्रो खेलमा न्यु डायमन्ड एकेडेमीले चितवन टाइगर्स क्लबलाई २५(१४, २५(२०, २५(१४ को सोझो सेटमा हरायो।

शनिबार हुने भनिएका प्रतियोगिताका अन्य खेल भने वर्षाका कारण स्थगित भए। गण्डकी प्रदेश र श्रीराम खेलकुद विकास समिति दाङबीचको खेलमा गण्डकी प्रदेशले लगातार दुई सेट जित्यो। तेस्रो सेटमा ठूलो वर्षा भएपछि खेल स्थगित भयो। आइतबार लिग चरणका चार खेल हुनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया