• ५ साउन २०८३, मंगलबार
  • ४:२० बेलुका

भक्तपुरमा गाँजा फडानीमा तिब्रता, गाँजाका बोट र घरेलु मदिरा नष्ट

प्रकाशित मिति

२०७६ श्रावण २९ गते, बुधबार ०८:२२

भक्तपुरः महानगरीय प्रहरी परिसर भक्तपुरले घरेलु मदिरा तथा गाँजा फडानी गर्ने अभियानलाई तिब्रता दिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त जगातीले मंगलबार सुर्य्विनायक नगरपालिका–८ सिपाडोलको ठूलोगाउँमा भएको अबैध गाँजालाई फडानी गर्नुका साथै नष्ट समेत गरेको हो ।
सार्वजनिक स्थानमा प्राकृतिक रुपमा आफै उम्रेका अन्दाजी १४ हजार गाँजाका बोटहरु फडानी गर्नुका साथै नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक(डिएसपी) रेबति रमण पोखरेलले जानकारी दिनु भयो ।

प्रतिकृया