• ५ साउन २०८३, मंगलबार
  • ८:२९ बिहान

सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारी पूरा

प्रकाशित मिति

२०७६ श्रावण २९ गते, बुधबार ०८:१३

काठमाडौं, पाँचौं एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल भलिबल संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालिम केन्द्रको कभर्डहलमा हुने प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघले जनाएको छ । ‘कभर्डहल पूर्ण तयारी अवस्थामा छ ।

पाँचौं संस्करणको प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

Kamana Sewa

प्रतिकृया