इनिर्जी बैंकिङ लागू नहुने संकेत, १७९ खर्ब जोखिममा
प्रकाशित मिति
२०७६ श्रावण २४ गते, शुक्रबार ०८:२३
आन्तरिक र बाह्य बजार अनिश्चित हुँदा विद्युत् प्राधिकरणले उपयोग नगरे पनि तिर्नैपर्ने सम्झौता भएका पाँच हजार मेगावाटभन्दा बढी बिजुली जोखिममा परेको छ। मूल्यका हिसाबले यो एक खर्ब ७९ अर्ब रुपैयाँ हो। स्वदेशमा आन्तरिक माग वार्षिक सय मेगावाट पनि हुन सकेको छैन। साथै भारत लगायत तेस्रो बजारमा पहुँच सुनिश्चित नभएकाले यो रकम जोखिममा परेको हो। भारतले नेपालसित बर्खायामको बिजुली लिने र नेपाललाई अपुग हुने हिउँदयाममा त्यति नै बिजुली दिने ९इनिर्जी बैंकिङ० लागू नहुने संकेत गरिसकेको छ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले जारी गर्न लागेको सीमापार विद्युत् कारोबार व्यवस्थित गर्न लागेको कार्य्विधि ९कन्डक्ट अफ बिजनेस रुल— सीबीआर० इनर्जी बैंकिङ नराखेकाले नेपाल विद्युत् प्राधिकरण ढुक्क नभएको हो।
प्राधिकरण स्रोतका अनुसार नेपालमा विगत केही वर्षयता आन्तरिक विद्युत् माग घटिरहेको छ भने पीपीए गरेका आयोजना धमाधम आउन थालेका छन्। बिजुली प्रणालीमा ०७६ सालमा माथिल्लो तामाकोसी ९४५६ मेगावाट० सहित एक हजार एक सय ५९ मेगावाट जोडिँदैछ।
(विकास थापा)
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार






प्रतिकृया