• २ असोज २०८३, शुक्रबार
  • ३ः०८ दिउँसो

छोरी जन्मेपछि श्रीमतीलाई छोडेर भागे श्रीमान्

प्रकाशित मिति

२०७६ श्रावण २४ गते, शुक्रबार ०८:२७

छोराछोरीप्रतिको विभेद अहिलेसम्म पनि कम भएको छैन । यस्तै एक घटना जुम्लामा एक बुवाले गरेका छन् । बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माइन् । अस्पतालमा बच्चा जन्मेपछि खुसी छायो तर श्रीमान् बीरबहादुर बोहरालाई छोरी जन्मेकोमा पटक्कै चित्त बुझेन । वीरबहादुरले सुत्केरी श्रीमती र छोरीको स्याहारसुसारमा आलटाल गर्दै अस्पतालमै छोडेर घरतिर लागे ।

National Life

श्रीमानले छोडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जान कठिन भएको छ । अस्पतालले एक दिन, दुई दिन गर्दै बस्न दिने भयो तर डिस्चार्ज गरिसकेपछि बस्ने कुरा भएन ।
(नेत्र शाही)

गोरखापत्र दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया