• ३१ भदौ २०८३, बुधबार
  • ८ः५२ राती

सुन जस्तो देखिने पहेंलो धातु सहित २ जना पक्राउ

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार ०४:४७

धादिङ, बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट ५ वटा टुक्रामा रहेको सुन जस्तो देखिने पहेंलो धातु करिब २० तोला सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

National Life

पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने ३३ वर्षीय सन्तोष बस्नेत र नवलपरासी मध्यबिन्दु नगरपालिका–७ बस्ने ३५ वर्षीय गोकुलमान श्रेष्ठ रहेका छन् ।

प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना.५८ प ६५५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया