मेयर र उपमेयर बीच कार्यालय सम्बन्धी विवादमा झडप हुँदा आधा दर्जनभन्दा बढी स्थानीय घाइते
प्रकाशित मिति
२०७६ श्रावण २१ गते, मंगलवार ०४:३८
धनुषा, धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच कार्यालय सम्बन्धी भएको विवादमा झडप भएको छ। झडपको क्रममा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन । मेयर रामज्ञान मण्डल पक्षले पुरानो केन्द्र रहेको बघचौडामा तिन वटा ट्रयाक्टर लिएर समान लिन आउँदा उपमेयर समुहले प्रतिकार गरेपछि झडपको अवस्था सिर्जना भएको छ।
सोमवार दिउंसो प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरुले उपमेयर रेणु झाले संचालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लग्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।

झडपको क्रममा मेयर पक्षधर संगै आएका प्रहरी टोलीले गरेको लाठी चार्जबाट हंसपुर नगरपालिकाका उपमेयर झा सहित वडा नं। २ बघचौडाका अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापड,पुण्य खत्री लगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।

घाइते मध्ये तपेश्वर मण्डलको टाउकोमा चोट लागेको छ। उनको स्थानीय स्तरमा उपचार भई थप उपचारका लागि जनकपुर अंचल अस्पतालमा पठाइएको जनाइएको छ । स्थानीयका अनुसार उपमेयरको कार्यालयबाट सामग्री लग्न प्रहरी संगै मेयर मण्डल पक्षधरका तिन वटा ट्रयाक्टरमा ५०÷६० जनाको समूहमा आएका थिए । तर उपमेयर पक्षधरबाट स्थानीयले प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।
झडप उग्ररुप लिएपछि प्रहरीले लाठी चार्ज गर्न थालेपछि मेयर पक्षधरका स्थानीय ज्यान जोगाएर भागेपनि उपमेयर पक्षधरले उनको दुवै ट्रयाक्टर नियन्त्रणमा लिएका छन् । उता प्रहरीले दुईजना स्थानीयलाई नियन्त्रणमा लिएका थिए । झपड बढदै गएपछि तारापट्टी, बेल्ही, धनुषाधाम लगायतका प्रहरी चौकीबाट दर्जनौको संख्यामा नेपाल र शसस्त्र प्रहरी परिचालन गरिएको थियो ।
संचारकर्मीसंग कुरा गर्दै उपमेयर झाले भनिन् मेयर मण्डललाई कार्यालय सम्बन्धी विवादका लागि वार्ताबाट समाधान खोज्न पटक पटक आग्रह गर्दै आएका छौं । तर उनले मानेन, आज आएर उनले बेल्ही प्रहरी चौकीका इन्चार्ज रामकुमार साहको सहयोगमा दर्जनौ प्रहरी र आफ्नो समर्थकहरुलाई मगाएर जबरजस्ती कार्यालयभित्रका सामानहरु लग्न खोज्दा विवाद भएको बताइन ।
बाईट….रेणु झा,उपमेयर,हंसपुर नगरपालिका, धनुषा
प्रहरीसँग सम्पर्क गर्दा आफूहरुले कसैलाई नियन्त्रणमा नलिएको र आफूहरु सुरक्षाका लागि आएको तर स्थानीयले उल्टै आफूहरुमाथि जाई लागेपछि अवस्था सामान्य बनाउन लाठी चार्ज गर्नु परेको जनाएको छ । दिउंसो १२ बजेदेखि अहिलेसम्म घटना स्थलमा प्रहरी र बघचौडाका स्थानीयबीच झडप जारी नै छ तर सम्बन्धित निकायले समस्या समाधान गर्न तर्फ कुनै चासो देखाएको छैन ।
स्थानियवासीहरुका अनुसार आफुहरुले पटक पटक यस विषयमा समस्याको समाधान गर्न पहल तथा कानुनसम्मत निकास खोज्न चाहेपनि त्यस अनुसारको पहल नभएको र कार्यालयको सामानहरु एक्कासी लग्न खोज्दा विवाद सिर्जना भएपछि प्रहरीले एक्कासी लाठि चार्ज गरेको बताएका छन। मेयर मण्डल र उपमेयर झा बिच लामो समयदेखि विवाद रहेको छ। मेयरले हंसपुर चौकमा कार्यालय भाडामा लिएर संचालनमा ल्याएका छन भने उपमेयर पुरानै ठाउँ बघचौडामा कार्यालय संचालन गर्दै आएकी छन । पुरानो वघचौडामा रहेको कार्यालयको कागजातहरु मेयर मण्डलले लग्न खोज्दा विवाद सिर्जना भएको थियो ।




प्रतिकृया