• १५ असोज २०८३, बिहीबार
  • २ः४४ दिउँसो

कस्तो छ आजको मौसम पूर्वानुमान ?

प्रकाशित मिति

२०८३ असार १८ गते, बिहीबार ०९:१८

१८ असार २०८३ काठमाडौं – देशभर अहिले मनसुनी वायूको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागबाट जारी हुने पछिल्ला मौसम सूचनामा अद्यावधिक रहन आग्रह गरेको छ।

National Life

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका केही स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा कोशी र मधेश प्रदेशका तराईका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, देशका पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थान तथा कोशी र मधेश प्रदेशका तराईका एक-दुई स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले गण्डकी प्रदेशको पहाडी भू-भाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक-दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने जनाएको छ। सम्भावित वर्षाका कारण नदी–नाला आसपास, पहाडी क्षेत्र र डुबान हुने स्थानमा आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा लिन पनि आग्रह गरिएको छ।

प्रतिकृया