• ३ असोज २०८३, शनिबार
  • ९ः४७ बिहान

एनओसी विधान संशोधन ओलम्पिक विवाद अन्त्य हुदै

प्रकाशित मिति

२०७६ श्रावण २१ गते, मंगलवार १०:०६

काठमाडौं । नेपालमा विगत लामो समयदेखि देखिएको ओलम्पिक कमिटीको विवाद अन्त्य हुने भएको छ । अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) को जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको विशेष साधारण सभाले राष्ट्रिय मान्यता प्राप्त भनिएको ओलम्पिक कमिटीलाई स्थान दिन सकिने गरी विधान संशोधन गरेपछि सो विवाद अन्त्य हुने भएको हो । केही समयदेखि जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी र रुक्मशमशेर राणा अध्यक्ष रहेको ओलम्पिक कमिटीबीच छलफल भई विवाद अन्त्य गर्ने सहमति भएको थियो । आईओसी र ओसिएसँग समेत समन्वय गरेर विधान संशोधन भएकाले यस पटक सदाका लागि ओलम्पिक विवाद अन्त्य हुने भएको छ ।

National Life

विशेष साधारण सभाले विवाद समाधानकै लागि विधान संशोधन गरी १७ सदस्यीय कार्यसमितिलाई बढाएर १९ सदस्यीय बनाएको छ । विधान संशोधनअनुसार अब ५ उपाध्यक्ष हुने छन् । यसअघि ४ जना उपाध्यक्ष रहेका थिए । त्यसैगरी ३ सचिव पद थपिएको छ । ९ बाट सदस्य संख्यालाई भने ७ मा कायम गरिएको छ । त्यसैगरी, यसअघि एनओसीको विधानमा निवर्तमान अध्यक्षलाई मानार्थ अध्यक्ष दिइने व्यवस्था थियो । यसलाई समेत संशोधन गरी पूर्व अध्यक्षलाई मानार्थ अध्यक्ष दिन सक्ने प्रावधान राखिएको छ । यसको मतलब रुक्मशमशेर राणालाई समेत मानार्थ अध्यक्ष पद दिनका लागि त्यसो गरिएको ओलम्पिकका एक सदस्यले बताउनु भयो ।

ओलम्पिकमा कुनै संघबाट प्रतिनिधित्व गरेर आउनुपर्ने भए पनि केही सदस्य र पदाधिकारीमा समेत मनोनित गर्न सकिने प्रावधान राखी विवाद समाधानका लागि सजिलो बनाइएको देखिन्छ । २ उपाध्यक्ष र २ सदस्य पद मनोनित गरिनेछ । अब नेपाल ओलम्पिक कमिटीको कार्यसमितिमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ३ सचिव १ कोषाध्यक्ष र ७ सदस्य हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया