माल्टामा रोजगारी भन्दै ठगी गर्ने वृद्धि
प्रकाशित मिति
२०७६ श्रावण २१ गते, मंगलवार १०:४७
काठमाडौं, युरोपियन मुलुक माल्टामा रोजगारी दिने भन्दै ठगी गर्ने क्रम बढेको छ । इटालियन टापु सिसिलीको दक्षिणमा अवस्थित उक्त सानो मुलुकमा बहुराष्ट्रिय कम्पनीका लगानी बढेसँगै उद्योगहरु पनि बढेका छन् । म्यानपावर कम्पनीमार्फत् पठाउने बैधानिक प्रक्रिया झन्झटिलो बनाइएपछि त्यसको फाइदा शैक्षिक कन्सल्टेन्सी र केही भारतीय एजेण्टहरुले उठाएको देखिएको छ । लाखौं धरौटी राखेका म्यानपावर कम्पनीहरुले ल्याएका माग प्रमाणिकरण गर्न नेपाली नियोगहरुमा समय लाग्ने भएपछि विना लगानी खोलिएका कतिपय शैक्षिक कन्सल्टेन्सीहरुले विद्यार्थीका नाममा कामदार पठाएर प्रतिव्यक्ति १२ लाख रुपैयाँसम्म असुल्ने गरेका छन् ।
तर उनीहरुमाथि अनुगमन भई दोषी पक्राउ पर्न सकिएका छैनन् । शैक्षिक कन्सल्टेन्सी मार्फत गई अलपत्र परेपछि त्यसको दोष भने वैदेशिक रोजगार व्यवसायीहरु माथि सामुहिक रुपमा लाग्ने गरेका छन् ।
हाल माल्टामा विद्यार्थीले पनि काम गर्न अनुमति पाउने र ५ वर्षमा स्थायी बसोबास (पीआर) पाइन्छ भनेर भ्रम फैलाइ ठगी धन्दा निर्वाध रुपमा चलिरहेको एक प्रहरी अधिकारी बताउँछन् । नेपालबाट गतवर्ष १ हजार ७ सय ४९ जना नेपाली कामदार मात्र उक्त मुलुक पुगेका थिए । त्यसमा म्यानपावर कम्पनीबाट गएका कामदारहरको संख्या जम्मा ५ सय ४७ रहेको छ । बाँकी व्यक्तिगत भिषा, व्यक्तिगत भिषा नवीरकण र वैधानिकिकरण प्रक्रिया पुरा गरेर गएका हुन् ।





प्रतिकृया