टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोमा कतारविरुद्ध नेपालको ब्याटिङ
प्रकाशित मिति
२०७६ श्रावण ७ गते, मंगलवार ०८:१०
काठमाडौं । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको अन्तिम चरणको प्रतियोगितामा नेपालले कतारविरुद्ध टस जितेर ब्याटिङ थालेको छ । नेपाली समयअनुसार कतार र नेपालबीचको खेल ७ बजेर १५ मिनेटमा सुरु हुने निर्धा्रित समय भए पनि खराब पिचको कारण केही ढिलोगरी सुरु भएको थियो । खेलमा नेपालले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेको छ । अहिले कतारले बलिङ गरिरहेको छ ।
पाँच देशको सहभागिता रहेको प्रतियोगिताको विजेता विश्वकपको ग्लोवल छनोटमा प्रवेश गर्नेछ । मलेसियासँग दुई खेलको टी–२० क्रिकेट सिरिजपश्चात सिंगापुर पुगेको नेपाल प्रतियोगिताकै सबैभन्दा बलियो टिम हो । सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा सुरु खेलमा नेपाल स्पष्ट जित हात पार्न चाहन्छ । नेपालको लक्ष्य कतारलाई पराजित गर्नु मात्रै होइन, यो प्रतियोगिताकै विजेता बन्दै आगामी वर्ष यूएईमा हुने विश्वकपको ग्लोवल छनोटमा प्रवेश गर्नु हो । त्यसकारण पनि नेपालको लागि यो प्रतियोगिता एकदमै महत्त्वपूर्ण छ ।





प्रतिकृया