• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

नेकपा युवा संगठनको नाम ‘राष्ट्रिय युवा संघ नेपाल’ राखियो

प्रकाशित मिति

२०७६ श्रावण २ गते, बिहीबार ०४:३७

काठामाडौं, सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठनको नाम र झण्डाको टुंगो लागेको छ । युवा संगठनको नाम ‘राष्ट्रिय युवा संघ नेपाल’ रहने जनाएको छ । भने त्यस्तै संगठनको झण्डा यसअघि एमालेको युवा संघले प्रयोग गर्दै आएको रातो र नीलो पृष्ठभूमिको बीचमा सेतो पाँचकुने तारा हुनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले संगठनको नाम र झण्डाको टुंगो लगाएको युवा संघले जानकारी गराएको छ । जेठ ३ गते सार्वजनिक गरिएको बाँडफाँट अनुसार युवा संगठनको नेतृत्व वाईसीएल र सहसंयोजक युवा संघको भागमा परेको थियो । त्यस्तै ‘राष्ट्रिय युवा संघ नेपाल’ को केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने बताइएको छ ।

Kamana Sewa

प्रतिकृया