• ५ साउन २०८३, मंगलबार
  • ४:०७ बेलुका

लोकसेवाले गरेको विज्ञापन समावेशी नभएको भन्दै प्रदर्शन

प्रकाशित मिति

२०७६ श्रावण २ गते, बिहीबार ११:३२

काठमाडौं, अनामनगरस्थित लोक सेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन भएको छ । स्थानीय तहमा लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै आज बिहानै देखि विभिन्न संघ–संगठनहरूले प्रदर्शन गरेका छन् ।

आयोगले गत असारमा गरेको विज्ञापनको परीक्षा सुरु हुन १ दिनअगाडि त्यसको खारेजी माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
‘आरक्षण बचाउ आन्दोलन’को नाममा गरिएको प्रदर्शनका कारण आयोग अगाडिको सडकमा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । प्रदर्शनकारीले सडक छेकेर प्रदर्शन गरेकाले केहीबेर सवारी आवागमनसमेत प्रभावित भएको थियो । प्रदर्शनले तनावको अवस्था सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएको ।

Kamana Sewa

प्रतिकृया