• ५ साउन २०८३, मंगलबार
  • ८:३३ बिहान

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

प्रकाशित मिति

२०७६ श्रावण २ गते, बिहीबार ११:२३

कैलाली, कैलालीको घोडाघोडी नगरपालिका–१ मा बिहीबार बिहान सडकमा रहेको चौपायासँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि बस्ने घोडाघोडी नगरपालिका–४ का २६ वर्षीय अशोक चौधरी रहेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बिहान १ बजे म ७ प १३४७ नम्बरको मोटरसाइकल सडकमा रहेको चौपायासँग ठोक्किँदा नियन्त्रण गुमाएर पल्टिँदा घाइते भएका उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका ३० वर्षीय प्रेम चौधरीलाई थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज बाँके ल्याइएको छ ।

Kamana Sewa

प्रतिकृया