• ४ साउन २०८३, सोमबार
  • ६:५७ बेलुका

तीन लाख बराबरको सुर्ति बरामद

प्रकाशित मिति

२०७६ श्रावण २ गते, बिहीबार ११:१९

झापा, झापा मेचिनगर नगरपालिका—६ नकलबन्दा स्थित अवैध लागुपदार्थ बरामद भएको छ । भारतबाट नेपाल तर्फ भन्सार छलि अवैध रुपमा लुकाइ छिपाइ सुर्ति राखेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरीले करिव ३ लाख रुपयाँ बराबरको अन्दाजी ६०० केजि सुर्ति बरामद गरेको हो ।

जिल्ला प्रशासन कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उक्त सुर्ति बरामद गरी मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाइएको जानकारी दिएको छ ।

Kamana Sewa

प्रतिकृया