‘जिपिए ४’ ल्याउने सामुदायिक विद्यालयका दुई विद्यार्थी सहित पाँच जना उत्कृष्ट शिक्षक सम्मानित
प्रकाशित मिति
२०७६ असार २८ गते, शनिबार ०१:३९
काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ जिल्लाको १६औं जिल्ला परिषद्को अवसारमा दुई जना विद्यार्थी सहित पाँच जना प्रधानाध्यापकलाई सम्मान तथा बधाइ कार्यक्रम ने.रा.शि.सं. काठमाठडौमा गरिएको थियो ।
शुक्रबार भएको उक्त कार्यक्रममा समुदायिक विद्यालयबाट यस बर्षको एसइइमा काठमाडौँ जिल्ला भरिबाट ५० जनाले ‘जिपिए ४’ ल्याएका विद्यार्थी मध्ये विश्व निकेतन मावि त्रिपुरेश्वरका भेषराज उपाध्याय र ज्ञानोदय मावि वाफलका धिरेन्द्र भट्टलाई नगत सहित प्रशंसा पत्र प्रदान गरेको छ ।
उक्त अवसरमा सङ्गठनमा विशेष योगदान गर्नुहुने प्रधानाध्यापकहरू पुष्पराज कुँवर (कोटेश्वर सरस्वती मावि), रविन तामाङ (विद्योदय आधारभूत विद्यालय वसन्तपुर), हेरम्बराज कँडेल (विश्व निकेतन मावि त्रिपुरेश्वर), नातिकाजी महर्जन (ज्ञानोदय मावि वाफल) र प्रमीला शर्मा काफ्ले (तरुण मावि बालाजु)लाई सम्मान गरिएको थियो ।



त्यस्तै गरी विद्यालयको शैक्षिक भौतिक र व्यवस्थापकीय क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय ज्ञानोदय मावि, विश्व निकेतन मावि र तरुण माविलाई प्रशंसा पत्र प्रदान गरेको थियो ।
उक्त कार्यक्रममा ने.रा.शि.सं. का अध्यक्ष विष्णु पनेरु, ने.रा.शि.सं. का राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्मा, माननीय संघिय सांसद तथा जिल्ला कमिटी अध्यक्ष नेकपाका विष्णु राई, नेराशिसं ३ नं. प्रदेशका इन्चार्ज विष्णु प्रसाद पोखरेल लगयत नन्दलाल पौडेल, हंस शाही ,कमला तुलाधर , तिलक कुँवर र विभिन्न शिक्षाका अग्रसरहरुको उपस्थिति रहनु भएको थियो ।
फोटो फिचर








प्रतिकृया