• २१ भदौ २०८३, आइतबार
  • १०ः२३ बिहान

हुम्लाको जिल्लाभरि आँखा शिविर सम्पन्न

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०२:१९

हुम्लाको जिल्लाभरि आँखा शिविर सम्पन्न भएको छ ।

National Life

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल र सुर्खेतको प्राविधिक सहयोगमा जिल्लाभरि आँखा शिविर सम्पन्न भएको हो ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको आयोजनामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा सिमिकोट गाउँपालिकाको वडा नंं ५ र ६ का ३५ जना ज्येष्ठ नागरिकलाई कम्बल, लठ्ठी, सल वितरण गरी दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

Classic Tech Desktop

शिविरमा ताजाकोटमा कूल चेकजाँच ८४८, शल्यक्रिया ७५ जना र चश्मा १५० जना, श्रीनगरमा कूल चेकजाँच ६४०, शल्यक्रिया ५१ जना र चश्मा १०० जना, सोरुकोट मुगुमा कूल चेकजाँच ५४०, शल्यक्रिया ४१ र चश्मा १५० जना, सर्केगाड हुम्लामा कूल चेकजाँच ४४०, शल्यक्रिया दुई जना र चश्मा १४८ र सिमिकोट हुम्लामा कूल चेकजाँच ८९२, शल्यक्रिया ६० र निःशुल्क चश्मा वितरण २५६ लाई गरेको जिल्ला रेडक्रस शाखा हुम्लाले जनाएको छ ।

 

प्रतिकृया