• २२ भदौ २०८३, सोमबार
  • १२ः५५ राती

आइफा अवार्ड गर्ने बजेट छुट्याइएको छैन :मन्त्री बाँस्कोटा

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०२:३९

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्ड गर्ने बजेट नछुट्याइएको बताएका छन।

National Life

कार्यक्रम गर्न हलिउडले प्रस्ताव ल्याएपछि सरकार सकारात्मक रहेको बताउदै आइफा नेपालमा आयोजना गर्दा देशलाई घाटा नहुने र देशकै प्रचारप्रसारमा सहयोग पुग्ने पनि दाबी गरे ।

सोमबार चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले भारतीय फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा गर्न दिने सरकारले निर्णय गरेको भएपनि बजेट नछुट्याइएको बताएका छन ।

Classic Tech Desktop

मन्त्री बाँस्कोटाले नेपाली सिनेमा हलमा १८० दिन अनिवार्य रुपमा नेपाली फिल्म चलाइनु पर्ने र नचलाए सरकारले ताला लगाउने चेतावनी दिएका छन ।

उनले भने ‘पत्रकारमाथि भरोसा नै हुन छाड्यो । आफूले बोलेको कुरा आफैं रेकर्ड राख्नुपर्ने भयो’ उनले भने, ‘पत्रकारको समाचार लेख्ने ढंग छैन ।’ उनले खोजमूलक पत्रकारिता गर्न पनि सञ्चारकर्मीलाई सुझाव  दिएका छन ।

उक्त कार्यक्रममामा वरिष्ठ १५ जना कलाकारलाई विशेष सम्मान गरिएको थियो ।

प्रतिकृया