• २१ भदौ २०८३, आइतबार
  • ३ः२५ राती

विश्वकप क्रिकेट अन्तरगत आज श्रीलंका र वेस्ट इन्डिज खेल्दै

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार १०:३७

एजेन्सीः इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेटको ३८ औँ खेलमा आज श्रीलंका र वेस्ट इन्डिज भिड्दै छन् । आइतबार भारतमाथि इंग्ल्यान्डले जित हात पारेसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरियो। यस्तो अवस्थामा श्रीलंकाले प्रतियोगिताबाट बाहिरिएको अर्को टिम वेस्ट इन्डिजसँग आज (सोमबार) खेल्दैछ ।

National Life

रिभरसाइड मैदानमा भएको प्रतियोगिताबाट बाहिरिएपछि दुवै टिमलाई दबाब कम छ। तर ब्याटिङमा एकरुपता ल्याउन नसकेको श्रीलंकालाई ब्याटिङमा सुधार गर्ने चुनौती छ। जारी विश्वकपमा अपेक्षाकृत खेल्न नसकेको वेस्ट इन्डिजले पछिल्ला ७ खेलमा १ खेलमा मात्र जित हात पारेको छ। प्रभावशाली खेलाडी भए पनि वेस्ट इन्डिज अन्तिम अवस्थामा चुकिरहेको छ

प्रतिकृया