प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना :आधुनिक औजार तथा उपकरणहरु वितरण
प्रकाशित मिति
२०७६ असार १६ गते, सोमबार १०:२१
नेपाल सरकारले ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत व्यवसायीक खेती गर्ने कृषकलाई सहुलियत दरमा विभिन्न प्रकारका आधुनिक औजार तथा उपकरणहरु वितरण गरिएको छ ।
सूर्यविनायक धान ब्लक संचालन समितिद्वारा भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ मा रहेको साना किसान कृषि सहकारी संस्थाको सहकार्य आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ५० प्रतिशतदेखि ८५ प्रतिशतसम्मको सहुलियतमा सूर्यविनायक नगरपालिका भित्रका व्यवसायीक खेतिगर्ने कृषकहरुलाई निम्न आधुनिकीकरण औजार र उपकरणहरु वितरण गरिएको हो । जसमा खेतबारी खन्ने ठूलो ट्रक्टर २ थान, खेतबारी खन्ने साने ट्रक्टर ५ थान, गहुँ चुट्ने थ्रेसर मिसिन ३ थान, ईलेक्ट्रिस काटा (तराजु) ३० थान, मेटल विन (विउ विजन राख्ने भकारी) ५ थान र मेलिङ्ग मेसिन (मकै,गहु र मसला पिस्ने) २ थान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा वितरण गरिएको छ ।



साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष अम्बीका बस्नेतको अध्यक्षतामा भएका कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुनादेवी बस्नेत, वडाध्यक्ष रविन्द्र सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
कृषिको आधुनिकीकरण, यान्त्रीकरण तथा बैज्ञानिकीकरण गर्ने कुरा प्रधानमन्त्री कृषि आधुनिकीकरणको मूख्य लक्ष्य रहेको बताउँदै उहाँले आधुनिक प्रविधिका प्रयोग नै उत्पादन वृद्धिको महत्वपूर्ण आधार भएको बताउनुभयो । कृषिको आधुनिकीकरण तथा औद्योगिकरण गर्ने सरकारको प्रमुख लक्ष्य रहेको बताउँदै सांसद बस्नेतले मुलुकको तिव्र विकास र समृद्धिलाई निश्चित विन्दुमा पुर्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा सांसद बस्नेतले नेपालमा करिव ६८ प्रतिशत जनसंख्या कृषिमा आश्रीत रहेको तर कृषिले जिडिपीमा भने जम्मा ३४ प्रतिशत मात्र योगदान पु¥याएको जानकारी गराउनुभयो । कृषिलाई आधुनिकीकरण गर्न नसक्नु नै मूख्य समस्या रहेको बताउँदै उहाँले कृषि उत्पादनमूखी नभई निर्वाहमूखी भएको बताउनुभयो । कृषिलाई व्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न प्रकारका ऐन तथा कानुनहरु कतिपय बनाइसकेको त कतिपय बन्ने क्रममा रहेको बताउनुभयो ।

भूमि सम्बन्धी कानुन निर्माण गर्ने क्रममा सरकारले भूमी बैंकका नयाँ योजना समेत ल्याउने तयारी गरिरहेको जानकारी गराउँदै सांसद बस्नेतले कृषकले जमिन बाँझो राखिरहेको तर कृषि गर्न चाहने मानिसले जमिन नपाइरहेको अवस्थाको अन्त्य गराउन सरकारले विशेष प्रकारको रणनीतिका साथ अघि बढ्ने समेत बताउनुभयो ।

सरकारमाथि विभिन्न प्रकारका कुराहरुमा राजनीति घुसाई अनावश्यक कामहरु भइरहेको बताउँदै उहाँले सरकारले ल्याएका कुनै पनि प्रावधानहरु बुझेर मात्र विरोध गर्न आग्रह समेत गर्नुभयो । उहाँले समाजको नैतिकता समाप्ता जाने प्रकारका कुनै पनि सामाजिक सञ्जाल तथा कतिपय मिडियामा लागि परिरहेको भन्दै जनताले उक्त कुरालाई रचनात्मक रुपले हेर्नुपर्ने बताउनुभयो ।





प्रतिकृया