• २२ भदौ २०८३, सोमबार
  • १०ः३४ बिहान

‘धर्तीमाता’ कुँवरलाई अनुसन्धानका लागि सात दिनको म्याद थप

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०९:१७

काठमाडौंः कथित ‘धर्तीमाता’ विष्णु कुँवरलाई अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ । भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाता पक्राउ परेपछि थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुसन्धानको लागि म्याद गराइएको हो। शुक्रबार बिहान विशेष सूचनाको आधारमा बालाजुबाट पक्राउ परेकी कुँवरलाई महिलाहरुलाई अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

National Life

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्ने कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्ने उल्लेख छ। सोही दफामा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

प्रतिकृया