• २ असोज २०८३, शुक्रबार
  • ४ः४७ बेलुका

निखिल उप्रेती सहितको टीभीएस स्ट्राइकर र्याली सम्पन्न

प्रकाशित मिति

२०७६ असार ६ गते, शुक्रबार ११:४३

काठमाडौं । सुपर स्टार निखिल उप्रेतीको उपस्थितिमा बाराको निजगढ र चपुरको नगरपालिका परिक्रमा हुने गरी टीभीएस स्ट्राइकरको भब्य र्याली सम्पन्न भएको छ ।

National Life

नेपालका लागि टीभीएस टु ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै ल्याएको टीभीएस स्ट्राइकरमेला मा आउनुहोस सुपर स्टार निखिल उप्रेतीसँग भेट्ने मौका पाउनुहोस् योजना अन्तर्गत सो र्याली आयोजना गरिएको हो।

नायक निखिल उप्रेतीले टीभीएस स्ट्राइकर किन्ने ग्राहकहरुलाई टीभीएस सोरुम निजगढ र चपुरमा गएर भेट गरेका थिए । जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता निजगढको माँ आजिमा ट्रेडर्स र चन्द्रपुरको गणपति अटो एन्ड सेन्टरमार्फत टीभीएस स्ट्राइकर किन्ने करिब २ सय जना ग्राहकलाई लिएर निजगढ बजार र चन्द्रपुर बजार हुदै बजार परिक्रमा गरेर र्याली सम्पन्न भएको थियो ।
र्याली पछि चन्द्रपुरको होटल हिमालयनमा गएर टीभीएस स्ट्राइकर किन्ने ग्राहकहरुलाई चाबी हस्तान्तरणका साथै सँगै बसेर लन्च गर्ने कार्यक्रम सम्पन्न भएको छ । यसबाट ग्राहकहरु निकै नै खुसी भएको पाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जगदम्बा मोटर्सले आफ्नो आधिकारिक बिक्रेताको रुपमा रहेको वीरगन्जको म्याक्स अटो, जीतपुरको सगरमाथा मोटर्स , कलैयाको करण इन्टरप्राइजेज, निजगढको माँ अजिमा ट्रेडर्स, चन्द्रपुरको गणपति अटो एन्ड सेन्टरको माध्यबाट आफ्ना टीभीएस स्ट्राइकरका ग्राहकलाइ लक्षित गरि टीभीएस स्ट्राइकर मेला सोरुम नजिकैका स्थानहरुमा सम्पन्न गरेको छ । सो मेला ३१ जेठबाट असार ३ गते सम्म सम्पन्न भएको थियो ।

मेला अबधिभर टीभीएस स्ट्राइकर १२५ खरिद गर्ने ग्राहकलाई कम्पनीले २ आर्थिक बर्षसम्म २०७५ र ७६ को कर फ्री साथै रेनकोट पनि उपलब्ध गराएको छ । मेलामा टीभीएस स्ट्राइकर १२५ खरिद गर्ने ग्राहकहरुले वीरगञ्ज, जितपुर र कलैयामा तथा निजगढ र चन्द्रपुरमा नेपाली नायक सुपरस्टार निखिल उप्रेतीसँग भेटघाट तथा दुःख सुख हाँसो खुशी बाँड्ने कार्यक्रम थियो ।

निजगढको माँ आजिमा ट्रेडर्सका सञ्चालक रवि राजभण्डारी र चपुरको गणपति अटो एन्ड सेन्टरका सञ्चालक रामहरी पण्डितले यस्तो प्रोग्रामबाट आफूहरुलाई पनि निकै खुसी लागेको बताए ।
आगामी दिनमा समेत नेपालका विभिन्न स्थानका ग्राहकको लागि नयाँ नयाँ स्किम तथा कार्यक्रमहरु लन्च गर्ने र टीभीएसका ग्राहकसँग सधै साथै रहने योजना भएको जगदम्बा मोटर्सका मार्के्टिङ म्यानेजर नवराज कोइरालाले बताएका छन ।

स्रोत : नेपालअटो

प्रतिकृया