• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

भक्तपुरको कमलबिनायकमा मासु पसल अनुगमनः कुहेको र बिग्रेको मासु जफत

प्रकाशित मिति

२०७६ जेष्ठ ३१ गते, शुक्रबार ११:०८

भक्तपुर नगरपालिकाले बिहीबार कमलबिनायक क्षेत्रमा रहेका मासु पसलको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अधिकांश मासु पसल अत्यन्तै फोहोर, हरियो झिंगा भन्केको, गन्हाउँने र खान योग्य नभएको मासु बिक्री गरेको पाईएको हो ।
यस्तै, टोलीले कमलबिनायक मिट सपमा विग्रेको र कुहेको मासु पाँच किलो एक सय दश ग्राम जफत गरी मासु धुलो र झिंगाले नभन्किने गरी जालीले छोपेर राख्नु पर्ने, एप्रोन सेतो प्रयोग गर्नु पर्ने, सरसफाईमा ध्यान दिनु पर्ने निर्देशन दिएको छ ।

सुरेन्द्र मिट सप पसल व्यवस्थित र सुधार भएको तर एप्रोन सेतो प्रयोग नभएकोले सेतो एप्रोन प्रयोग गर्न टोलीले निर्देशन दिएको छ ।टोलीले सराज मिट सपमा कुहेको र बिग्रेको आधा किलोग्राम मासु जफत गयो भने पसलमा झिंगा र किरा मार्न र पसल सफा गर्दा विषादी नुवान प्रयोग गरेकोले नुवान विषादी प्रयोग नगर्न निर्देशन दिएको छ ।

Kamana Sewa

पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा कमलबिनायक क्षेत्रका मासु पसल अनुगमन गर्दा विभिन्न पसलहरुबाट विग्रेको मासु सात किलो दुई सय पचास ग्राम जफत गरी नष्ट गरिएको छ ।

Classic Tech Desktop

अनुगमनको क्रममा अधिकांश मासु पसलमा धुलो र झिंगाले भन्किने गरी राखेको, खान योग्न नभएको मासु बिक्रीमा राखिएको, एप्रोनको प्रयोग नगरिएको, मूल्य सूची नराखिएको, सफा गर्दा विषादी नुवान प्रयोग गरिएको र फ्रिजमा माछामासु र तरकारी अन्य सामानहरु मिसाएर राखिएको पाईएको छ ।

जय नेपाल माछा पसलमा कुहेको माछा एक पाउ भेटिएकोमा टोलीले जफत गर्‍यो । मासु धुलो र झिंगाले नभन्किने गरी जालीले छोपेर राख्नु पर्ने, फ्रिजमा माछामासु र तरकारी अन्य सामानहरु मिसाएर नराख्न, एप्रोन सेतो प्रयोग गर्न निर्देशन दिएको छ ।
सुमन मिट सपमा कुहेको र विग्रेको मासु एक किलो चार सय ग्राम जफत गरी भुईं भित्ता सफा गर्न मिल्ने गरी कार्पेट वा टायल राख्न, एप्रोन सेतो प्रयोग गर्न, ढक तराजू नापतौल विभागमा नविकरण गर्न र मुल्य सुचि व्यवस्थित गर्न टोलीले निर्देशन दिएको छ ।

नव मनकामना कोल्ड स्टोर एण्ड सप्लायर्समा तीन दिन भित्र दर्ता गर्न, सरसफाईमा ध्यान दिन, ढक तराजू नाप तौल विभागमा नविकरण गर्न, विग्रेको ससेज दुई पाकेट जफत गरी तराजू एक सेट नियन्त्रण लिई मुल्या सुचि अपडेट गर्न निर्देशन दिएको छ ।
बिनायक मिट सपमा पसल तीन दिन भित्र दर्ता गर्न, मासु धुलो र झिंगाले नभन्किने गरी जालीले छोपेर राख्नु पर्ने, मुल्य सुचि राख्नु पर्ने, एप्रोन सेतो प्रयोग गर्नु पर्ने, झिंगा र किरा हटाउन र सरसफाई गर्न विषादी नुवान प्रयोग गरेकोले नगर्न भनि विषादी टोलीले जफत गर्‍यो ।

महेन्द्र मिट सपमा मुल्य सुचि राख्ने, एप्रोन सेतो प्रयोग गर्ने, मासु काट्ने औजार र पसल सरसफाई गर्ने निर्देशन दिएको छ ।

महालक्ष्मी कोल्ड स्टोरमा मुल्य सुचि व्यवस्थित गर्ने, सरसफाईमा ध्यान दिनु पर्ने र ढक तराजू नापतौल विभागमा नविकरण गर्नु पर्ने निर्देशन दियो ।
सुरेन्द्र मिट सपमा मुल्य सुचि अपडेट गर्ने, सरसफाईमा ध्यान दिन निर्देशन दिई आएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

अनुगमन टोलीले बि।एस। मिट सपमा मासु धुलो र झिंगाले नभन्किने गरी जालीले छोपेर राख्नु पर्ने, सरसफाईमा ध्यान दिनु पर्ने, मुल्य सूची व्यवस्थित गर्नु पर्ने, एप्रोन सेतो प्रयोग गर्नु पर्ने र पसलको साइनबोर्ड राख्नु पर्ने निर्देशन दिएको

प्रतिकृया