• ३ साउन २०८३, आइतबार
  • ३:४७ बेलुका

भक्तपुर कै नमुना विद्यालयको रूपमा मदरल्याण्ड स्कुल

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार १२:४९

गौरब निरौला , भक्तपुर ।

विद्यार्थीमैत्री शिक्षण सिकाइ, अंग्रेजी माध्यममा पढाइ, कम्प्युटर साइन्स, विविध सिर्जनात्मक शैली र अभ्याससहित पठनपाठन, पुस्तकालय, अतिरिक्त कक्षा तथा क्रियाकलाप र चुस्त व्यवस्थापनका कारण भक्तपुर सूर्यविवनायक नगरपालिका वडा नं. ९ मा अवस्थित मदरल्याण्ड स्कुल भक्तपुर कै नमुना विद्यालयको रूपमा स्थापित छ ।

Kamana Sewa

२०५७ सालदेखि यस विद्यालयमा कक्षा नर्सरी देखि १० सम्म अंग्रेजी माध्यम मा कक्षा सञ्चालन गरिएको छ । हाल स्कुलमा ५ सय ६० विद्यार्थी अध्ययनरत छन्।

Classic Tech Desktop

विद्यालयका प्रिन्सिपल संजय खड्का भन्नुहुन्छ, ‘हाम्रो विद्यालयको अन्य फरक विशेषता भनेको नैतिकता, अनुशासन, स्थानीय सामाजिक संस्कार सहितको व्यावहारिक शिक्षा पनि हो,’ । मदरल्याण्ड स्कुलले हरेक वर्ष एसईईमा शतप्रतिशत नतिजा हासिल गर्दै आएको छ । ग्रेडिङ सिस्टम लागू गरेपछि पनि विद्यालयको नतिजा उत्कृष्ट आएको विद्यालय प्रिन्सिपल खड्का को भनाइ छ ।

स्कुलले उत्कृष्टता प्रदर्शन गरेपछि त्यस क्षेत्र आसपासमा रहेको वरिपरिका विद्यालयलाई पनि जबर्जस्त शैक्षिक गुणस्तर सुधार गर्न समेत दबाब पुगेको छ । हाल विद्यालयमा १२७ जना भर्ना भएका छन भने भर्ना क्रम अझै जारी रहेको छ ।

यस मदरल्याण्ड स्कूलले शैक्षिक वर्ष २०७६ मा नयाँ भर्ना भएका नवआगन्तुक विद्याथीहरुलाई मायाको चिनो प्रदान गरी स्वागत गरेको थियो। स्कुलले विद्यार्थीको लागि चाइनिज खेल उसु र तेक्वान्दो डब्लुटिएफ खेल पनि सुरु गरेको छ ।

यसैगरी ४६ औँ विश्व वातावरण दिवसको दिन मदरल्याण्ड स्कुलले सुनपा ८ सिपाडोलमा रहेको केदारनाथ शिर भाग डोलेश्वर महादेव परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको थियो ।

वातावरण सफा राख्नु पर्दछ भन्ने भावना जगाई आफ्नो ठाउँ सफा राखेमा मात्र हामी पनि निरोगी रहन सक्छौँ ! वातावरण सफा र स्वच्छ रहे हाम्रो समाज पनि सन्तुलित र व्यवस्थित रहन सक्छ भन्ने व्यवहारिक ज्ञान विद्यार्थीहरुलाई दिएको थियो .

साथै मदरल्याण्डले विद्यालयमा पनि साना नानीबाबुहरुलाई विरुवा रोप्न लगाई वातावरणलाई सफा र स्वच्छ बनाउनु पर्छ भन्ने सन्देश दिएको थियो ।

कुनै पनि बन्दका बेला विद्यालय बन्द हुँदैन, सार्वजनिक विद्या र अन्य लामो हिउँदे र बर्खे बिदाको बेला पनि स्कुलले पढाइलाई जोड दिने गरेको छ ।

प्रतिकृया