• ४ साउन २०८३, सोमबार
  • २:२१ बिहान

काभ्रेपलाञ्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार १२:४५

काभ्रेपलाञ्चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका नमोबुद्ध नगरपालिका–८ स्थित गैरापाटीमा करेन्ट लागेर ६० वर्षीय रामशरण अधिकारीको मृत्यु भएको हो ।

Kamana Sewa

गाउँमा अधिकारीले बिजुली लाइन बनाउने गर्दै आएको र फ्युज गएपछि बनाउनका लागि बिजुलीको ट्रान्सफर्मर भएको ठाउँमा चढ्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

Classic Tech Desktop

मृतकको शव परीक्षणका लागि बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया