• ३ साउन २०८३, आइतबार
  • ३:४७ बेलुका

शिक्षा र शिक्षासंग लुकेका गलत धारणाहरु

प्रकाशित मिति

२०७६ जेष्ठ १७ गते, शुक्रबार ०२:०३

व्यक्तिलाई शिक्षित के ले बनाउछ रु कुनै एक विशेष क्षेत्रमा मात्र ज्ञान प्राप्त गरेर व्यक्ति शिक्षित हुदैन

सामान्यतया शिक्षा भनेको कुनै व्यक्तिले विशेष विषयमा अध्धयन गरेर प्राप्त गरेको ज्ञानको भण्डार हो, यसले उक्त विषय अन्तर्गतका कुराहरु बुझ्ने क्षमताको विकास गरांउछ तर ‘करियर दिशा नेपालले’ व्यक्तित्वको लागि केहि कुरा छुटेको महशुस गर्दछ ्र

Kamana Sewa

सि।डी।यनको अनुसार शिक्षा भनेको कितावी अध्ययन मात्र नभई शिक्षाको परिभाषा पूर्ण रुपमा आत्म पुरक रहेको छ यसको अर्थ, माथिको शिक्षाको परिभाषा सबै व्यक्तित्वको लागि उपयुक्त हुन सक्दैन माथिको अबधारणा बाट के निष्कर्ष निकाल्न सकिन्छ भने भौगोलिक, सांस्कृतिक र सिकाई गर्ने प्रक्रियालाई हेर्दा सामान्य परिक्षण प्रणाली सबैको लागि विश्वसनीय नहुन सक्छ ने ्पालमा अझै पनि सबैलाई अवसर दिने प्रकारको शिक्षा प्रणाली नभई केहि व्यक्तिलाई मात्र मध्यनजरमा गरेर पाठ्यक्रम तयार गरेको छ ्र तर धेरै विद्यार्थीहरुले शैक्षिकसत्र, एस।एल।सि, ं२ इत्यादि भन्दा पनि बढी शिपमुलुक आधारित पाठ्यक्रमहरु रुचाएका छन् ्र त्यसैले, समाज र सरकारी विद्यालयको प्रयत्न बिना धेरै विद्यार्थीहरु माध्यामिक तह नै उतिर्ण गर्न सक्ने अबस्था छैन |

Classic Tech Desktop

बालबालिकाको पहिलो सिकाई, पहिलो अक्षर सिक्न थाले बाटनै बालबालिकालाई कितावी ज्ञान प्राप्त गर्न प्रतिस्पर्धी वातावरणमा राखिन्छ, यसरी तल्लो स्तर बाटनै शिक्षाको गलत धारणा सुरु हुन्छ ्र सो प्रवृति उच्च माध्यमिक तह, सिकाइको अन्त्य नभएसम्म चलिरहन्छ ्र यस्तो शिक्षा प्रणालीको धेरै नकारात्मक पक्षहरु छन् जस्तै रचनात्मक र काल्पनिक शक्ति गुमाउनु को साथै लोकप्रिय शिक्षालाई पूर्ण रुपमा पिछा गर्नु हो ्र यस्ता रचनात्मक पक्षहरुलाई कम मात्रामा पुर्व तयारी कक्षामा समावेश गरेको पाइन्छ |

नेपालको वर्तमान परिपेक्षमा हेर्ने हो भने शिक्षण पेशालाई न्यूनतम स्तरको मान्यता दिएको पाइन्छ |हाम्रो समाजमा “अरु कुनै जागिर नपाए पढाएर खाऊला” भन्ने रुढीवादी भनाइ लाई मानिदै आएको पाइन्छ यसरी विग्रदै गएको शिक्षण पद्धतिमा आमुल परिवर्तन ल्याउन, सुरुवातमा समाजलाई शिक्षित बनाउन आवश्यकता छ |

धेरै विद्यार्थीहरु उच्च शिक्षा तथा स्नातक तह उत्तीर्ण गरेर पनि जागिर नपाएर फाल्तु बसिरहेका छन् यस प्रकारको असुरक्षित् शिक्षा पद्धति चलिआएको छ तर ढिला भैसक्दा पनि अहिलेसम्म सुधार गर्न सकेको छैन जसलाई हामीले गहिरिएर सोच्नु पर्ने बेला आएको छ |

थाहा भएर अथवा थाहा नभईकन धेरैजसो विद्यार्थीहरुले औपचारिक शिक्षा प्रणालीलाई अनुशरण गर्ने र व्यक्तित्व विकासको लागि महत्वपूर्ण रहेका अरु शैक्षिक विकल्पहरु उदाहरणको लागि अनौपचारिक शिक्षाहरुलाई वेवास्ता गरेको पाइन्छ अन्तर्राष्ट्रिय श्रम संगठन आई। एल। ओ० ले नेपालमा गरेको अनुसन्धानको आधारमा १५(२९ वर्ष उमेर समुहका युवाहरु मध्ये स्नातक तह सकेरपनि बेरोजगार रहेको संख्या २६।१ प्रतिशत रहेको पाइयो, जुन अनपढ अथवा औपचारिक रुपमा पढाइ नगरेका मध्ये तिन तिहाई बढी रहेको छ ्र अनुसन्धानले देखाए अनुसार अशिक्षित भन्दा शिक्षित युवाहरु बेरोजगार पाइयो ्र यो समस्याको समाधान गर्ने एउटा उपाए भनेको व्यक्तिगत व्यावसायिक विकासको लागि विद्यालय स्तरमानै विभिन्नखाले प्राविधिक तथा व्यावसायिक तालिमहरुको ’दयगतमा जानकारी दियो भने विद्यार्थीहरुले भविष्यमा गर्ने पेशाको लागि उपयोगी हुन सक्छ , विद्यार्थीहरुलाई कुनै विशेष विषय रोजाउनु अगाडी ’झको चाहना पत्ता लगाउन जरुरि छ, व्यक्तित्व अनुसार रोजेको विषयमा उनीहरुले प्रगति गर्न सक्दछन् |

हाम्रो शिक्षा प्रणालीले व्यक्तिगत पहल, अनुसन्धान र रचनात्मकतामा प्रोत्साहन गरेको पाइदैन ्र विद्यार्थीहरुलाई परिक्षा मार्फत मात्र मापदण्ड गरिने हुदा, यदी कुनै विद्यार्थी परिक्षामा अनुतिर्ण भयो भने अरु विद्यार्थीको तुलनामा उसलाई असक्षम र कमजोर मानिन्छ ्र उक्त असफल मानिएको विद्यार्थीमा हुन सक्ने अरु सिप र कार्यकौसलातालाई पूर्ण रुपमा उपेक्षित गरिन्छ ्र व्यक्तिगत तथा व्यवसायिक रुपमा विकास गर्न र सम्भावित अवसरलाई वडावा दिन यो शिक्षा प्रणालीमा क्रन्तिकारी परिवर्तनको आवश्यकता छ |

नेपालको भौगोलिक, आर्थिक र भौतिक पक्षको आधारमा आजका युवाहरुलाई कस्तो किसिमको शिक्षाको आवश्यकता छ भनि बुझ्न धेरै अनुसन्धानको आवश्यकता छ |
CDN बाट साभार!

प्रतिकृया