• २६ भदौ २०८३, शुक्रबार
  • ६ः५६ बेलुका

नेपालको शिक्षा क्षेत्रको अवस्था सुधार गर्न के गर्नु पर्ला?

प्रकाशित मिति

२०७६ जेष्ठ १७ गते, शुक्रबार ०१:५२

यतिखेर नेपालका सरकारी तथा बोडिङ स्कुलका करीब पाँच लाख बिद्यार्थीहरु माध्यमिक शिक्षा परिक्षाको एसईई नतिजाको पर्खाईमा बसिरहेका छन् । बोडिङ स्कुलका अधिकांश बिद्यार्थीको चिन्ता पास फेलको भन्दा उत्कृष्ट ग्रेडको देखिन्छ भने अधिकांश सरकारी बिद्यालयका बिद्यार्थीको चिन्ता पास फेलमा छ ९डि भन्दा माथी० । बिद्यालय छनोट गर्ने अभिभाबकले अघिल्लो बर्षको नतिजा हेरेर बालबच्चा भर्ना गर्ने हुँदा बोडिङ स्कुललाई राम्रो नतिजा ल्याउनु पर्ने बाध्यता छ र सोहि अनुसार तयारी गर्दछन् । ठुलो लगानीका साथ बालबच्चालाई बोडिङ स्कुलमा पढाउने अभिभाबकलाई पनि उसको पढाई प्रति चासो र चिन्ता हुन्छ ।

National Life

बोडिङ स्कुललाई राम्रो नतिजा ल्याउनु पर्ने बाध्यता छ, किनकि यो उनिहरुको सेवा र ब्यबसाय दुबै हो । सरकारी स्कुलमा यस्तो चिन्ता अलि कम हुन्छ । सरकारी बिद्यालयमा अर्को बर्ष बिद्यार्थी भर्नासँग यो बर्षको नतिजाको खासै सम्बन्ध छैन, पायक पर्ने, पढ्न मन लाग्ने आउँछन्, भर्ना हुन्छन्, नहुने हुँदैनन् । अधिकांश सरकारी बिद्यालयका बिद्यार्थीका अभिभाबकलाई नतिजा आउने दिन मात्र छोराछोरीको पढाईको चिन्ता हुन्छ, बाँकि दिन घरको काममा सघाईदिए हुन्थ्यो भन्ने अपेक्षा हुन्छ । नतिजा आएसँगै सबैको औंला सरकारी बिद्यालय र त्यहाँका शिक्षक तिर फर्किने गर्दछ मानौं कि बच्चा फेल हुनुको कारण शिक्षक मात्र हो । बाँकि दिन कसैलाई त्यता तिर ध्यान दिने फुर्सद हुँदैन । के सरकारी बिद्यालयका बिद्यार्थी असफल हुनुमा बिद्यालय र बिद्यालयका शिक्षक मात्र जिम्मेवार छन् रु हो एउटा जिम्मेवार पक्ष बिद्यालय र त्यहाँ पढाउने शिक्षक हुन् । तर, स्वयं बिद्यार्थी, अभिभावक, समाज र सरकार पनि यसका प्रमुख भागीदार हुन् ।

बिद्यालय तथा विश्वबिद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भए । अभिभावक र बिद्यार्थीको स्वभाविक प्रश्न पढेर के गर्ने रु भन्ने छ । जब अभिभाबक र बिद्यार्थी पढाईबाट भबिष्य देख्दैन उसले बिद्यालय छोड्छ र अन्य बिकल्प रोज्दछ । बिद्यालय भर्ना नहुने र बिद्यालय छोड्नुका अन्य कारणमा कमजोर आर्थिक अबश्था, सामाजिक चेतनाको कमि, बिद्यालयको वातावरण, भौगोलिक बिकटता तथा पढाई प्रतिको अरुचि रहेका छन् । छिमेकीका छोराले आठ कक्षा पढ्न छाडेर बिदेश गएर महिना दिनमा दश हजार पैसा पठाएको सुनेर हामी तथा हाम्रा अभिभाबक त्यता तिर आकर्षित हुनु पर्ने बाध्यता छ । सरकारी जागीरलाई मात्र रोजगार मान्ने मानसिकताको बिकास भयो । १५ बर्ष बि।ए। पढेर बिदेश जान खोज्दा अदक्ष मानिन्छ र तिन महिनाको कृषि तालिम लिन लगाई दक्ष भनेर पठाउनु पर्ने हाम्रो शिक्षाको बाध्यता छ ।

Classic Tech Mobile
Classic Tech Desktop

शिक्षा क्षेत्रका प्रमुख दुई समस्यामा सिकाई प्रयोगात्मक हुन नसक्नु र शिक्षा ब्यबहारीक हुन नसक्नु हो । घोकन्ते शिक्षा भन्दा सिकाईमा आधारीत शिक्षालाई प्राथमिकता दिनु जरुरी छ । घोकन्ते शिक्षाले परिक्षा पास गर्न त मद्दत गर्ला तर सिकाई भने सिमित मात्रामा हुने गर्दछ । बच्चालाई ए माने एप्पल, एप्पल भनेको स्याउ त घोकायौं । बच्चाले परिक्षा पनि राम्रो गर्दछ । तर, बाबु टोकरीबाट एप्पल ल्याउ त भन्यो भने आँप लिएर आउँछ । यस्तै छ हाम्रो शिक्षा, सिकाईको तरीका र परिक्षा प्रणालि । समस्या सानो कक्षामा मात्र सिमित छैन, कलेज तहको समस्या पनि उस्तै छ । शिक्षा क्षेत्रलाई समयानुकुल सुधार गर्दै प्रयोगात्मक तथा ब्याबहारीक शिक्षालाई प्राथमिकता दिनु जरुरी छ । बिद्यालय तहमा ठाउँ बिशेष जडिबुटी, कृषि, पशु, बन जस्ता प्राबिधिक शिक्षालाई समाबेस गरी ब्याबहारीक क्षमता बढाउनु पर्दछ ।

बिद्यालय जाने उमेरका सम्पुर्ण बालबच्चालाई बिद्यालय पुर्याउनु र बिद्यालय शिक्षामा नियमितता दिनु सरकारको पहिलो दायित्व हो । बिगतलाई हेर्ने हो भने समस्या भर्नामा भन्दा नियमिततामा देखिन्छ । प्राथमिक उमेर समुहका ९५ देखि ९ बर्ष० ९७।२ प्रतिशत बिद्यार्थी बिद्यालय भर्ना हुने गरेको र २।८ प्रतिशत बिद्यालय बाहिर रहेको सरकारी तथ्याङक छ । बिद्यालय भर्ना नहुने बिद्यार्थीको दर तराईका सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा र कपिलबस्तुमा तुलनात्मक रुपमा बढि छ । माथिल्लो कक्षा बढ्दै जाँदा बिद्यालय छाड्ने बिद्यार्थीको प्रतिशत बढ्दै गएको देखिन्छ । भुकम्प पछि उहि कक्षा दोहोरीने र बिद्यालय छोड्नेको सङख्या उल्येख्य बढेको पाईन्छ ।

बिद्यालय भर्ना नहुने तथा बिद्यालय पढ्न छाड्ने गरेका बालबच्चा कहाँ र कुन अबश्थामा छन्, त्यसको सहि तथ्याङक खोज्नु र उनिहरुलाई बिद्यालय शिक्षामा पहुँच पुर्याउनु आबश्यक छ । बिद्यालय भर्ना नहुने तथा बिद्यायल छोड्नेहरु घरको काममा सहयोग गर्ने गरेको तथा अन्य गन्तब्यमा बालश्रम, बालबिवाह, बैदेशिक रोजगार तथा कुलत रहेको पाईन्छ । बालबालिका बेचबिखन एउटा ठुलो समस्याको रुपमा देखा परेको छ । ठुलो सङख्यामा बालबच्चा होटल तथा रेष्टुरेन्ट, सबारीसाधन, ईट्टा भट्टी, तथा घरायसी कामदारको रुपमा काम गरीरहेका छन् र बिद्यालय जान बाट बन्चित भएका छन् । राज्यले बालश्रम न्युनिकरणलाई प्राथमिकतामा राखि बालश्रम राख्ने होटल तथा रेष्टुरेन्ट, सबारीसाधन, ईट्टा भट्टी लगायंतलाई कडा कार्बाहि गरी बालश्रममा रहेका बालबच्चालाई बिद्यालय सम्म पुर्याउन बिशेष पहल गर्नु जरुरी छ । नेपालको कानुनले १८ बर्ष उमेर सम्मलाइ बालबच्चा मान्दै आएको छ र यो उमेर सम्मको बालबच्चालाई कुनै पनि किसिमको श्रममा लगाउन पाईदैन ।

बिद्यार्थी तथा अभिभाबकले सरकारी बिद्यालय पढेर केहि गर्न सकिदैन भन्ने मानसिकता त्यागी सरकारी बिद्यालयको गुणस्तर सुधार्न सबै पक्ष उतिकै जिम्मेबार भएर लाग्नु जरुरी छ । सरकारी बिद्यालयको गुणस्तर कस्तो छ र सुधार्न के गर्नु पर्दछ भन्ने शिक्षाको निति निर्माण तहमा बस्नेलाई अनुभब र ज्ञान नभएको होईन । अधिकांश नेपाल सरकारका सचिव, सहसचिव, उपसचिव, अधिकृत सरकारी स्कुल पढेरै आएका मध्येका छन् । सरकारी शिक्षाको गुणस्तर सुधारका मापदण्ड बनाई सम्पुर्ण सरकारी बिद्यालयहरुको बर्गिकरण गरी सरकारी शिक्षा सुधारको काम अगाडी बढाउन तर्फ सरकारले विशेष योजना बनाउनु पर्दछ । गुणस्तर सुधारका मापदण्ड बनाउँदा समय सिमा तोकि सुधारका कार्ययोजना बनाई काम थाल्नु पर्दछ । बिद्यालय शिक्षाको गुणस्तर सुधार्न शिक्षा क्षेत्रमा सरकारले कम्तीमा १८ देखि २० प्रतिशतसम्म बजेट बिनियोजन गर्नु पर्दछ ।

सरकारी बिद्यालयको गुणस्तर सुध्रिदा मात्र सरकारी बिद्यालयमा बिद्यार्थीको आकर्षण बढ्न सक्दछ । अन्यथा, आर्थिक अबश्थाले धाने सम्म बिद्यार्थी तथा अभिभाबकको रोजाईमा बोडिङ स्कुल नै पर्ने देखिन्छ । बोडिङ स्कुल मध्ये पनि आर्थिक हैसियत अनुसार महङगा स्कुल रोजाईमा पर्ने गरेका छन् । अभिभाबकलाई आफ्ना बालबच्चाको भबिश्यको चिन्ता हुनु स्वभाबिक हो । अधिकांश बोडिङ स्कुलमा पढ्ने बिद्यार्थीहरु ९÷१० कक्षा देखि नै उच्च शिक्षाको लागी अष्ट्रेलिया, क्यानडा जाने सपना बुनिसकेका हुन्छन् । जबसम्म अभिभाबकले सरकारी बिद्यालयमा पढाउँदा बालबच्चाको भबिश्य उज्वल देख्दैनन् तबसम्म सरकारी बिद्यालयमा भर्ना गर्न हिच्किचाउँदछन् । सरकारी बिद्यालयको आकर्षण बढाउनु सरकारको कर्तब्य हो । सरकारी कर्मचारी, शिक्षकका छोराछोरीले अनिबार्य सरकारी बिद्यालय पढाउनु पर्छ भन्ने बाध्यात्मक अबश्था ल्याउन खोज्नु बालबच्चाको आफ्नो पढ्ने बिद्यालय छनोट गर्न पाउने अधिकारको हनन गर्न खोज्नु हो ।

प्रत्येक सरकारी बिद्यालयमा आबश्यक भबनको निर्माण गरी चौरमा बसेर पढ्नु पर्ने, एकै कोठामा दुई वटा कक्षाका बिद्यार्थी राखि पढाउनु पर्ने र एकै कक्षा कोठामा धेरै बिद्यार्थी राखि पढाउनु पर्ने बाध्यताको अन्त्य गर्नु पर्दछ । भबन भएका बिद्यालयहरुमा कतै ढोका छैन, कतै झ्याल छैन, ढोका भएकोमा चुकल छैन । हावा लाग्दा धुलोले र पानी पर्दा पानीले बिद्यालयको कक्षा कोठा भरीन्छ । कक्षा कोठाहरु बालमैत्री र अपाङ्गमैत्री छैनन् । तराईको ४५ डिग्री सेल्सियस तापक्रममा जस्ता पाताले छाएर बनाएका बिद्यालय भित्र बसेर पढ्नु पर्ने बाध्यता छ । कक्षाकोठा तथा बिद्यालयको कार्यालयमा आबश्यक फर्निचर तथा शैक्षिक सामाग्रीको अभाबको कारण शिक्षाको गुणस्तरमा कमि आएको देखिन्छ भने बिद्यार्थीले समयमा पाठ्य सामाग्री पाईराखेका छैनन् ।

अधिकांश बिद्यालयमा शिक्षकको दरबन्दि पुरा छैन, दरबन्दि भएको ठाउँमा शिक्षक छैन । कतिपय स्थायी शिक्षकले गोठाला शिक्षक राखेर पढाउन लगाउने गरेको बेलाबेलामा संचार माध्यममा आउने गरेको छ । गाउँको सरकारी बिद्यालयमा बिज्ञान, गणित, अङगे्रजी जस्ता बिषय पढाउने शिक्षक पाउन मुस्किल छ । कतिपय बिद्यालयमा शिक्षक नपाएर पढाउँदै नपढाई परिक्षा दिनु पर्ने बाध्यता छ । कतिपय बिद्यालयमा बिदामा घरमा आएका बिद्यार्थीलाई एक महिना भए पनि बिज्ञान बिषय पढाईदिनु पर्यो भनी बिद्यालयले अनुरोध गरेर पढाई भईराखेको छ । अस्थायी शिक्षकको आफ्नै समस्या छ । जो आफ्नै भबिश्य के हुने भन्ने चिन्तामा पढाईराखेको छ उसले कस्तो शिक्षा सिकाउला । अस्थायी शिक्षकको दिर्घकालिन समाधान खोजि समस्याको तत्काल समाधान गर्न तर्फ सरकारको ध्यान जानु जरुरी छ ।

सरकारी बिद्यालयमा स्वच्छ र सफा पिउने पानी र अनिबार्य ट्वाईलेटको ब्यबस्था गर्नु पर्दछ । अधिकांश सरकारी बिद्यालयमा पिउने पानीको ब्यबस्था छैन । बिद्यार्थीलाई तिर्खा लाग्दा पधेरो खोज्दै हिड्नु पर्ने वा पानीको धारोमा लाईनमा बस्दा एक जना शिक्षकले पढाएर सकिसक्ने अबश्था छ । सरकारी बिद्यालयमा कि त ट्वाईलेट छैन, छ भने महिला र पुरुषको छुट्टै छैन । ट्वाईलेट छ भने अपुग छ, ट्वाईलेट छ भने फोहोर छ, ट्वाईलेट छ भने चुकल छैन, ट्वाईलेट छ भने प्रयोगमा छैन, ट्वाईलेट छ भने पानी छैन, ट्वाईलेट छ भने शिक्षकको मात्र छ । ट्वाईलेट छिर्दा नाक समातेर, खुट्टाले टेक्ने ठाउँ खोज्दै हिड्नु पर्ने छ ।

प्रत्येक सरकारी बिद्यालयमा अनिवार्य कम्पाउण्डले घेर्ने तथा गेटको ब्यबस्था गर्नु पर्दछ । यसले बिद्यार्थी तथा शिक्षकलाई समयमा बिद्यालय आउन र फर्कन पर्ने बाध्यता सृजना गर्दछ । सरकारी बिद्यालयको एउटा समस्या घरबाट हिडेको बिद्यार्थी बिद्यालय नजाने र बिद्यालय पुगेको बिद्यार्थी बिद्यालय समय सकिनु अगाडी नै घर फर्कनु पनि रहेको छ । सरकारी बिद्यालयमा कम्पाउण्डको ब्यबस्था नहुँदा कक्षा कोठामा गाईभैसि बस्ने, कुकुरले रमिता देखाउने, बिद्यालय समयमा रक्सि सेबन गरी हल्लाखल्ला गर्ने, कक्षाकोठा तथा बिद्यालयको प्राङगणमा फोहोर गर्दिने जस्ता समस्याले बिद्यालय अशान्त बनेको देखिन्छ ।

बालबच्चाको उमेर पढ्ने मात्र उमेर होईन । उनिहरु मनोरञ्जन गर्न, खेल्न, नाच्न, गाउन, बजाउन, उफ्रन, दर्गुन मन पराउँदछन् । यो यस्तो उमेर हो उनिहरुलाई हामी जस्तो सिकाउँदछौं तुरुन्त सिक्न सक्दछन् । उनिहरुका अनेक आकांक्षाहरु हुन्छन् । बालबच्चाको दिमागमा बिद्यालय पढ्न र गृहकार्य बुझाउन मात्र जाने हो भन्ने मानसिकता बदल्नु जरुरी छ । बिद्यालयमा पढाईको साथसाथ अतिरिक्त कृयाकलापमा पनि ध्यान दिनु पर्दछ । खेल सामाग्री तथा अनिबार्य खेल शिक्षक राख्न सक्यौ भने बिद्यार्थीको राम्रो बौद्धिक तथा शारिरिक बिकास गर्न मद्दत गर्दछ । सरकारी बिद्यालयमा पढ्ने बिद्यार्थीलाई दिवा खाजाको ब्यबस्था गर्नु पर्दछ । बिहान आठ बजे खाना खाएर बिद्यालय हिडेको बच्चा दश बजे बिद्यालय पुगीसक्दा भोक लाग्न सुरु गर्दछ । सुरुका एक दुई जना शिक्षकले पढाउँदा सम्म त जेनतेन ध्यान दिन्छ, त्यसपछि भने ध्यान पढाईमा भन्दा भोक तिर जान्छ । खाली पेटले अध्ययन हुँदैन ।

अधिकांश बिद्यार्थीहरु बिद्यालयमा शिक्षकले दिन सक्ने यातनाबाट बच्न बिद्यालय नजाने, पढाईमा रुचि नहुने जस्ता समस्या आउने गरेको पाईन्छ । बिद्यालयमा बिद्यार्थीलाई दिईने यातना, काबार्हि तथा शिक्षकले बिद्यार्थीसँग गर्ने ब्यबहारमा परिबर्तन आउनु जरुरी छ । कतिपय युवतीहरु बाटो तथा बिद्यालयमा हुने यौनजन्य हिंसा, महिनाबारी हुँदा आउने समस्या, बाबुआमाको करमा हुने बालबिबाह तथा ट्वाईलेटको अबश्थाको कारण बिद्यालय जान रुचि राख्दैनन् । कतिपय समाजमा छोरीलाई पढाउनु हुँदैन भन्ने मान्यता यथावत छ । यि र यस्ता समस्या तथा बिकृतिको अन्त्य गर्न समाजको ठुलो भुमिका रहने गर्दछ । बिद्यालय शिक्षामा बिद्यार्थीलाई सामाजिक अन्धबिश्वास, सामाजिक दायित्व, महिला अधिकार, घरायसि हिंसा, बाल अधिकार जस्ता बिषय समाबेस गरी सामाजिक चेतना बृद्धि गर्नु पर्दछ ।

अधिकांश बिद्यालयमा चालिसका दशकमा नियुक्ति भएका शिक्षकहरु बाट पठन पाठन हुने गरेको छ । उनिहरुको अध्ययन तिसका दशक तिरको पाठ्यक्रम हो, त्यस पछि कैयौ पटक पाठ्यक्रम परिबर्तन भएको छ । शिक्षकलाई समय सापेक्ष बनाउन उनिहरुलाई नियमित प्रशिक्षण र सिकाईका तरीका बारे पुर्नताजगि गर्नु आबश्यक छ । बिद्यालयलाई राजनिति भन्दा बाहिर राख्ने र बिद्यालयका शिक्षकलाई राजनितिक गतिबिधिमा संलग्न हुन निरुत्साहित गर्नु पर्दछ ।

बिद्यालय तथा बिद्यालय क्षेत्र वरीपरि सुर्ति तथा मदिराजन्य पदार्थको प्रयोग तथा बिक्रीबितरणमा रोक लगाउनु पर्दछ । बिद्यार्थीलाई सुर्ति, मदिरा प्रयोग गर्नु हुँदैन भनेर पढाउने तर झ्यालको पछाडि लुकेर सुर्ती माड्ने, चुरोट सल्काउने, रक्सि खाएर बिद्यालय आउने आचरणले बिद्यार्थी पनि ए यो लुकेर खानु पर्दोरहेछ भन्ने नै सिक्दछ । सरकारको तर्फबाट सरकारी बिद्यालयको नियमित अनुगमन गर्ने, शिक्षक, बिद्यालय ब्यबस्थापन समिति, अभिभाबक, तथा बिद्यार्थीका गुनासा सुन्ने र सुधारका उपायहरु अबलम्बन गर्ने संयन्त्र निर्माण गर्नु पर्दछ ।

कमजोर आर्थिक अबश्था कै कारण बालबच्चा बिद्यालय जान बाट बन्चित हुनु पर्ने अबश्थाको अन्त्य गर्न गरीब तथा असहाय छात्रबृतिको ब्यबस्था गर्नु पर्दछ । भौगोलिक बिकटता र बिद्यालय अपायक भए कै कारण बिद्यार्थीलाई बिद्यालय शिक्षाबाट बन्चित हुनु पर्ने अबश्थाको अन्त्य गर्न आबासिय पढाईको ब्यबस्था लागु गर्नु पर्दछ । बिद्यालय क्षेत्रलाई रमणिय, हराभरा तथा स्वस्थ बनाउन हप्ताको एकदिन बिद्यार्थी तथा शिक्षकले बगैचा बनाउने, सरसफाई गर्ने, फुल लगाउने, फलफुल लगाउने, बृक्षारोपण गर्ने जस्ता बिद्यालयको स्वच्छ बाताबरण निर्माणमा लाग्नु पर्दछ ।

बिद्यालय गएकै भरमा आफ्नो बच्चाले उत्कृष्ट नतिजा ल्याउछ, वा उत्कृष्ट नतिजा ल्याउने बनाउने जिम्मा बिद्यालय र शिक्षकको मात्र हो भन्ने अभिभाबकको मनोबिज्ञान परिबर्तन गर्नु जरुरी छ । आफ्नो बच्चाले घरमा कति अध्ययन गर्यो, गृहकार्य गर्यो कि गरेन, उसको पढाईमा के सहयोग गर्नु पर्ने हो बुझ्नु र बिहान बेलुका घरमा पढ्ने बाताबरण मिलाईदिनु अभिभाबकको जिम्मेबारी हो ।

अन्त्यमा, कुनै समय थियो नेपाली सिनेकर्मीहरुले नेपाली दर्शकहरुले नेपाली सिनेमा नहेर्ने तथा नेपाली सिनेकर्मीलाई माया नगर्ने गरेको गुनासो सुनिन्थ्यो । हिन्दि सिनेमा लगाएका हलहरुमा ब्लाकमा टिकट बिक्रि भईराख्दा अधिकांश नेपाली सिनेमा लगाएको हल घाटामा जान्थे । नेपाली सिनेमाहरु हिन्दि सिनेमासँग प्रतिस्पर्धा गर्न कठिन थियो । अहिले अबश्था फेरीएको छ । नेपाली सिनेमा लगाएका हलहरुमा टिकट पाउन मुस्किल पर्दछ । नेपाली सिनेमामा नयाँनयाँ प्रबिधि भित्रिएका छन्, छायाँङकन उत्कृष्ट छ, निर्देशन राम्रो छ, सिनेमा सुटिङ स्थल छनौटमा ध्यान दिएको देखिन्छ, भिडियोको गुणस्तर उत्कृष्ट छ, नयाँ तथा युवा अनुहारहरु यो क्षेत्रमा भित्रिएका छन् जो उत्कृष्ट सिनेमाहरु मार्फत नेपाली दर्शकहरु तान्न सफल देखिएका छन् । यहि कुरा सरकारी बिद्यालयलाई लागु हुन्छ । किन बिद्यार्थी तथा अभिभाबकको रोजाईमा बोडिङ स्कुल पर्यो र सरकारी स्कुल पर्न सकेन भन्नु भन्दा पनि सरकारी शिक्षाको गुणस्तर सुधार गरी सरकारी बिद्यालय रोजाईमा पार्न सक्नु तर्फ सोचौं ।

म गरीब परिवारमा जन्मिएकै कारण सरकारी बिद्यालयमा पढ्न बाध्य छु, अन्यथा बोडिङ्ग स्कुलमा पढिहाल्थे नि भन्ने अबश्थाको अन्त्य नहुँदा सम्म सरकारी शिक्षा क्षेत्रको गुणस्तर सुध्रिएको मानिने छैन ।
सेतोपाटी बाट साभार!

प्रतिकृया