अनुष्का श्रेष्ठ बनिन २०१९ को मिस नेपाल
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार १२:०५
काठमाडौं । सन् २०१९ को मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । २५ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेपालको उपाधि काठमाडौंकी श्रेष्ठले जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल वर्ल्ड शृङखला खतिवडाले क्राउन लगाइदिइन् । मिस नेपालको ताज पहिरिएकी उनले ‘मिस वर्ल्डमा प्रतिनिधित्व गर्नेछिन् । ‘अधिकार र कर्तव्यमा कुन बढी जिम्मेवारी हुन्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर अनुष्काले मिस नेपालको उपाधि जितेकी हुन्

यस्तै मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठ,मिस नेपाल युनिभर्स प्रदिप्ता अधिकारी ,मिस नेपाल सुपर नेशनल रोज लामा , मिस नेपाल अर्थ रीया बस्नेत , मिस नेपाल इन्टरनेशनल मीरा कक्षपति , ब्युटी विथ पर्पस निकिता कर्माचार्य , मिस कन्फिडेन्स निशा पाठक , पपुलर च्वाइस रीया बस्नेत , मिस फ्यासिनो अनुष्का श्रेष्ठ , मिस बेस्ट एथ्लेट्स प्रदिप्ता अधिकारी ले जितेकी छिन्।

बिहिबार राति सम्पन्न मिस नेपाल २०१९ द हिडेन ट्रेजरले आयोजना गरेको मिस नेपालको फाइनल प्रतिस्पर्धा राजधानीको किर्तिपुरमा भएको थियो ।




प्रतिकृया