• ४ साउन २०८३, सोमबार
  • ५:०४ बिहान

सांसद बस्नेतद्वारा हनुमन्ते पुलको स्थलगत निरिक्षण

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:२२

 

६ जेठ , भक्तपुर ।
आज मध्यपुर नगरपालिका वडा नं ४ र सुर्यविनायक नगरपालिका वडा न ३ जोडने थिमी हनुमन्ते खोलामा निर्माणाधीन पुलको एप्रोज ढलान गर्ने सिलसिलामा रहेको विवाद र समस्या समाधान गरी काम अगाडि बढाउने उदेश्यका साथ आज स्थलगत निरिक्षण भएको छ ।
नेकपाका केन्द्रिय सदस्य पूर्व मन्त्री प्रतिनिधि सभा सदस्य महेश बस्नेत, प्रदेश सभा सदस्य शसिजंग थापा, सुर्यविनायकका मेयर बाशुदेव थापा, सडक विभागका डिई लोकनाथ रेग्मी, सु.न.पा.३ का वडा अध्यक्ष शिवशरण थापा, थिमी प्रहरी वृतका प्रमुख मिलन केसि ,नगर प्रहरी लगायतको टिमद्वारा पुलको बस्तुस्थिति र समस्याहरुका बारेमा स्थानीय जनतासँग प्रत्यक्ष बुझिएको छ ।

Kamana Sewa

तिव्र विकास र समृद्धिको यात्रामा दैडिएको भक्तपुरमा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जनताको विकास प्रतिको सपनामा कालो बादल लगाउँदै केहि दिन अघि हनुमन्ते नदीमा निर्माणाधीन पुलको आधार सडक मापदण्डविपरीत भएको भन्दै डोजर लगाइ भत्काइदिएका थिए । प्रमुख श्रेष्ठले सडकभन्दा अग्लो पुलसम्म पुग्न बन्दै गरेको आधार सडक डोजर लगाएर भत्काएका हुन ।
पुलको चौडाई ठूलो भएका कारण अन्य बाटोलाई असर परेको भन्दै मेयर श्रेष्ठले उक्त पुल डोजर लगाएको स्थानीयवासीले बताएका छन् ।

Classic Tech Desktop

२०७२ साल देखि ठेक्का लिइ निमार्ण गर्न लागिएको पुल बिभिन्न कारणबस अबरोध भइ रोकिएको थियो । स्थानिय र मेयरबिच आपसि कुरा नमिल्दा बिरोध उत्पन्न भइ प्रमुख श्रेष्ठले डोजर लगाएर भत्काएका थिए ।

यसैगरी सांसद बस्नेतले पुल निरिक्षण गरि अब यसको बिकास तथा बिस्तार छिटै गर्ने बताए । उनले भक्तपुर मा नजर परेका मुख्य मुख्य सम्पदा तथा स्थल मात्र नभई हरेक कुना कुनाको विकास गर्ने प्रतिबद्धता गरेका छन। जतिसक्दो चाडो पुल निर्माण गरी स्थाानियलाई सहज बातावरण बनाउने उनको उदेश्य रहेको छ ।

कुनैपनि कार्यको समस्या भएको हुन्छ र त्यसको समाधान पनि भएकै हुन्छ तर्सथ समस्या खडा गरेर हुँदैन त्यसलाई समाधान तर्फ लैजानुपर्दछ। जो सँग विकास गर्ने इच्छाशक्ति छ उसले दृढ विश्वासका साथ कार्य गर्नेछ ।

प्रतिकृया