• ४ साउन २०८३, सोमबार
  • १:२३ बिहान

सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक ६ लेनको बन्नुपर्नेमा सांसद बस्नेतको जोड

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १०:४६

 

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं। ७ का वडाध्यक्ष रविन्द्र सापकोटाको अध्यक्षतामा संघिय सरकारको तर्फबाट ५ करोड रकममा २६ फिटको चौडाईमा आगामी कार्तिक मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको छ ।
उक्त शिलान्यास कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०कायुवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकास र समृद्धिको लागि आवश्यक बजेट व्यवस्थापन गर्ने निकायले बजेटको व्यवस्थापन जुन सुकै माध्यमबाट भए पनि गर्नुपर्ने बताउनुभयो।
उहाँले स्रोत भने कहाँबाट आएको भन्ने सरोकारको विषय नभएको बताउनुभएको छ ।
बुधबार सूर्य्विनायक नगरपालिका वडा नं। ७ स्थित गुण्डू पिपलडाँडा बसपार्क सडक विस्तार शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरमा रहेको अरनीको राजमार्गलाई सूर्य्विनायकदेखि धुलिखेलसम्म ६ लेनको सडक विस्तार गर्न जापान सरकारभन्दा नेपालले नै गरे कम मूल्यमा गर्न सकिने मन्त्रालयको भनाईलाई आत्मसात गर्दै जहाँबाट गरे पनि आगामी आवमा सूर्य्विनायकदेखि धुलिखेलसम्मको सडकलाई ६ लेनको बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले मन्त्रालयले आगामी आवमा उक्त सडक ६ लेनको बनाउने गरी काम अघि बढाएको जानकारी गराउनुभयो ।

Kamana Sewa

सांसद बस्नेतले भक्तपुरमा निर्माण गर्न लागिएका राष्ट्रिय गौरवका आयोजनामा स्मार्ट सिटी, प्राणी उद्यान केन्द्र, सभागृह, आधुनीक वीर अस्पताल, रंगशाला लगायतले भक्तपुरको मुहार फेरिने मात्र नभई देशको सवैभन्दा विकसित जिल्लाको रुपमा परिचित हुने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं। ३ का सांसद शसीजंग थापाले विकासले भक्तपुरमा कोल्टे फेर्ने प्रकृयामा अघि बढेको बताउँदै सडकको साथमा ढल, सिँचाई, खानेपानी लगायतका कार्यहरु समेत तिव्र गतिका साथ काम अघि बढेको बताउनुभयो ।

Classic Tech Desktop

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले आफुले नेतृत्व गरेको नगरपालिका हरेक हिसावले देशकै नमूना बनाउने बताउनुभयो ।

उहाँले शैक्षिक क्षेत्र,धार्मिक क्षेत्र देखि लिएर हरेक क्षेत्र मा परिर्वतन गर्दै भक्तपुरलाई सुन्दर, सुरक्षित, उज्यालो राजमार्ग, हिंसा, दुव्र्यसनमुक्त बनाउँदै विकसित तथा समृद्ध भक्तपुर बनाएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सूर्य्विनायक नगरपालिका वडा नं। ७ का वडाध्यक्ष रविन्द्र सापकोटाको अध्यक्षतामा संघिय सरकारको तर्फबाट ५ करोड रकममा २६ फिटको चौडाईमा आगामी कार्तिक मसान्त सम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास गरिएको हो ।

प्रतिकृया