• ३ साउन २०८३, आइतबार
  • ३:२७ बेलुका

लोकन्थली बाट नै भक्तपुरलाई रमणीय क्षेत्रको रुपमा विकास गर्दै लाने : समाजसेवी खडका

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १०:१८

 

बैशाख १८, भक्तपुर ।
बाल उध्ययन निर्माण उपभोक्ता समितिले बुधवार भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । भक्तपुरको लोकन्थली वडा नं एक मा दुइ रोपनि पाँच आना जमिन मा भक्तपुर वडा नं एक ले बाल उध्ययन निर्माण उपभोक्ता समितिका लागी रु २५ लाख बजेट बिनियोजित गरेको थियो ।

Kamana Sewa

बाल उध्ययन २०७४ सालमा स्थापना भई विशुद्ध सेवा, समाजसेवा, टोल सुधारका कार्यक्रमहरुलाई अघि बढाउदै बृद्धबृद्धा लाई सहयोग, खानेपानि व्यवस्थापन , तथा अन्य विकास कार्यमा टेवा पुर्याउदै आइरहेको छ । शिलान्यास कार्यक्रम उपभोक्ता समिती का अध्यक्ष विजय कृष्ण खड्कज्यूको सभापतित्व तथा समाजसेवी प्रेम कुमार खडकाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । यस्तै अन्य अतिथीमा युनिक नेपाल स्कुलका प्राचार्य सुमन बस्नेत ,एनसिसि बैंक शाखा कार्यलय लोकन्थलीका म्यानेजर पदम खडका रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समाजसेवी प्रेम कुमार खडकाले लोकन्थली बाट नै भक्तपुरलाई रमणीय क्षेत्रको रुपमा विकास गर्दै लानुपर्ने बताउनुभयो । लोकन्थली काठमाडौं भक्तपुर जिल्लाको सिमाना भएकाले उहाँले यस स्थानबाट शुरुवात गर्दै भक्तपुरका हरेक स्थानमा विकासको ज्योति फैलाउदै लाने बताउनुभयो ।

Classic Tech Desktop

यस्तै युनिक नेपाल स्कुलका प्राचार्य सुमन बस्नेत ले आफुहरु बालबालिकाको क्षेत्रमा कार्य गर्ने ब्यक्ती भएकाले यस विद्यालय अगाडी सार्बजनिक जग्गामा उध्ययन बन्नु सकारात्मक कार्य भएको बताउनुभयो। साथै उहाँले यस महान कार्यमा अध्यक्ष विजय कृष्ण खड्काको नेतृत्व ले कार्य पुरा भएको स्मरण गर्दै उहाँ लगायत सम्पूर्ण बाल उध्ययन निर्माण उपभोक्ता समितिलाई शुभकामना ब्यक्त गर्नुभएको छ ।
उक्त कार्यक्रममा रक्तदान पनि गरिएको थियो जहाँ करिव ३५ जना ले रक्तदान गरेका थिए । रक्तदान गर्ने हरुलाई फलफुल,जुस तथा प्रमाण पत्र वितरण गनिुका साथै भक्तपुर ब्लड बैंकले रक्तदानलाई सहज रुपमा व्यवस्थापन गरेको थियो ।

करिव १५० जना रहेको कार्यक्रममा स्थानिय, बुद्धिजीवि साथै प्रहरीको पनि उपस्थिति रहेको थियो ।

प्रतिकृया