• ११ असोज २०८३, आइतबार
  • १ः३२ दिउँसो

एपिएफले पञ्जाव पुलिस हराउँदै बन्यो विराट गोल्डकपको च्याम्पियन

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०८:०४

मोरङ : विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले पहिलोपटक विराट गोल्डकपको उपाधि जितेको छ ।

National Life

नेपाली विभागीय टोली एपिएफले भारतीय विभागीय टोली पञ्जाव पुलिसलाई हराउँदै विराटनगरमा जारी छैठौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको हो ।

शहिद रंगशालामा शनिबार भएको फाइनलमा पञ्जाब पुलिसविरुद्ध १-0 गोलान्तरको जित निकाल्दै एपिएफले उपाधि जितेको हो। खेलको १० औं मिनेटमा प्रदिप लामाले गरेको गोल नै एपिएफलाई जिताउन निर्णायक बन्यो। योसँगै एपिएफ पहिलो पटक विराट गोल्डकपको उपाधि जित्न सफल भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

चैत २६ देखि सुरू भएको रात्रिकालीन गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेता टिमले ७ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्। प्रतियोगितामा एपिएफले विभागीय चिर प्रतिद्वन्द्वी नेपाल प्रहरी र घरेलु टिम विराटनगरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।

एपिएफले क्वार्टरफाइनलमा प्रहरीलाई २-० ले र सेमिफाइनलमा विराटनगरलाई ३-२ ले हराएर फाइनलमा स्थान पक्का गरेको थियो। पन्जाबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रलाई २-०, गोरखा व्वाइज क्लब पन्देहीलाई ४-२ र आहा रारा गोल्डकपको च्याम्पियन तथा विराट गोल्डकपको पूर्वविजेता टिम संकटालाई १-० ले हराउँदै पन्जाबले फाइनलमा स्थान पक्का गरेको थियो।

प्रतिकृया