• ५ साउन २०८३, मंगलबार
  • ३:४७ बेलुका

प्रम ओलीको प्रश्न: देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो 

प्रकाशित मिति

२०७७ चैत्र १७ गते, मंगलवार ०५:०२

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देश प्रचण्डको व्यक्तिगत स्वार्थका लागि सती जान नसक्ने जिकिर गरेका छन् । केही व्यक्तिहरुले देशको राजनीतिलाई आफ्नो निहित स्वार्थको लागि धमिल्याउन खोजेको आरोप लगाउँदै उनले ‘देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो भन्दै आक्रोश समेत पोखे ।

मंगलबार रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सवको अवसरमा सम्बोधन गर्दै उनले भने, ‘के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो रु अनि मान्छेहरुले भन्ने गरेका छन्, आधाआधा भन्याथ्यो खै आधा रु अनि त्यो आधाआधा भन्ने कागज प्रचण्डले बीचमै कार्यकारी चाहियो भनेर लेखाएर ५ वर्ष तपाईँ गर्नुस् भनेर अर्को कागज गरेको होइन रु’ उनले प्रचण्ड सहमतिअनुसार अघि नबढ्दा समस्या भएको पनि दावी गरे ।

Kamana Sewa

उनले आफूसँगै महाधिवेशनमा हारेका एमाले नेता माधव कुमार नेपालले बीचमै अध्यक्ष चाहियो भनेर बखेडा झिकेको पनि बताए । ‘हारेको मान्छे मलाई चाहियो मलाई चाहियो रे १’, उनले भने, ‘माधव नेपाललाई मैले तेस्रो अध्यक्ष बन्नुस् पनि भनेँ, तपाईँ त ठूलो मान्छे भनेर कसले उचालिदिएछन्, तेस्रो अध्यक्ष खान्न भनिदिए ।’ उनले सडकमा भने प्रचण्डभन्दा पछिको अध्यक्ष भएर माधव नेपाल बसेको भन्दै व्यङ्ग्य गरे ।

Classic Tech Desktop

प्रतिकृया