• ५ साउन २०८३, मंगलबार
  • ३:४९ बेलुका

प्रचण्डले शेरबहादुरपछि बाबुराम भेटे

प्रकाशित मिति

२०७७ चैत्र १७ गते, मंगलवार ०५:४६

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादीका नेता बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन्। राजनीतिक घटनाक्रम तीव्र रुपमा विकास भइरहेका बेला दाहालले दुवै नेतालाई एकपछि अर्को गरी भेटेका हुन्। दिउँसो १२ बजेपछि भट्टराई भेट्न टोखा पुगेका दाहालले लगत्तै देउवासँग बुढानीलकण्ड पुगेर कुराकानी गरेका हुन्।

स्रोतकाअनुसार प्रचण्डले दिउँसो ३ः२० देखि ४ः०५ सम्म देउवासँग र त्यसअघि १२ बजेदेखि बाबुरामसँग छलफल गरेका हुन्। दाहालले नयाँ सरकार बनाउन कांग्रेस र जसपालाई निरन्तर आग्रह गर्दै आए पनि देउवा तयार भएका छैनन्। केही दिन निष्क्रिय जस्तो देखिएका दाहाल फेरि सरकार गठनकै विषयमा छलफल गर्न टोखा र बुढानीलकण्ड पुगेका हुन्।

Kamana Sewa

एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट ६ महिनाका लागि अध्यक्ष ओलीले निलम्बन गरेपछि नेताहरु सरकार फेर्न कसरतमा लागेका छन्।

Classic Tech Desktop

प्रतिकृया