युनिग्लोव कलेजद्वारा सेमी भर्चुअल मोडेलमा आठौं अन्तराष्ट्रिय सम्मेलन सम्पन्न
प्रकाशित मिति
२०७७ चैत्र ९ गते, सोमबार ०५:५९
काठमाडौं: काठमाडौंको युनिग्लोव कलेजले यहि फाल्गुन ४ र ५ गते २ दिने अन्तराष्ट्रिय व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रममा अमेरिका, युके, फ्रान्स, स्लोभेनिया, मलेसिया, जापान, भारत लगायत विभिन्न २० वटा मुलुक सहभागी भएका थिए।कार्यक्रम सेमी भर्चुअल मोडेलमा आयोजना गरिएको युनिग्लोव कलेजले जनाएको छ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका प्रिसिन्पल एवं म्यानिजिङ डाइरेक्टर डा. नर बहादुर विष्टले कोरोना पछाडीको अर्थतन्त्रलाई उकास्न र त्यसको अध्ययनलाई निरन्तरता दिन यस्ता कार्यक्रम निकै फलदायी हुने बताउनु भयो । हरेक वर्ष हुदै आएको कार्यक्रमले यस बर्ष पानि निरन्तरता पाउको हो तर यसपाली सेमी भर्चुअल मोडेलको अभ्यासबाट कार्यक्रमको आयोजना गरिको भने पहिलो पटक भएको कलेजको विज्ञप्तीमा उल्लेख छ ।
हालसम्म युनिग्लोव कलेजले ८ पटक अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको छ । कन्फेरेन्सका अध्यक्ष एवं कलेजका शैक्षिक निर्देशक प्रा.डा.राधे श्याम प्रधानले यस्तो कार्यक्रम विभिन्न देश विचमा सम्बन्ध विकास गर्ने र खोजमुलक अनुसन्धान प्रतिमा विद्यार्थीको रुची बढाउने अभिप्रायले हरेक वर्ष आयोजना गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा विभिन्न राष्ट्रका प्राज्ञिक व्यत्तित्वहरुले आफ्नो विचार र अनुसन्धानहरु प्रस्तुत गरेका थिए। कलेजका कार्यक्रम निर्देशक अनन्तराज घिमिरेलेकार्यक्रममा १२०० भन्दा बढिको सहभागिता रहेको जानकारी दिनु भयो । साथै युनिग्लोव कलेजको यस्तो प्रयासले विद्यार्थीहरुमा आत्मविश्वास बढाउने र क्षमता अभिवृदी गर्ने विश्वास प्रकट गरे ।
कार्यक्रममा एमबिए, एमबिए फाईनान्स, बिबिए, बिबिए-बिआई मा अध्ययनरत विद्यार्थीहरुले आफ्नो पेपर प्रस्तुत गरेका थिए। भने विदेशी विद्यार्थी, रिसर्च स्कलर लगायतले पनि रिसर्च पेपर प्रस्तुत गरेको थिए । यस पटकको कार्यक्रम कोरोनाको कारणले सिमीत विद्यार्थीहरुलाई भौतिक रुपमा कलेजमै बोलाएर र बाँकीलाई अनलाइन मार्फत सहभागिता गराईएको थियो।
कार्यक्रम भव्यताका साथ सम्मन्न भएको र नेपालमै पहिलो पटक शैक्षिक संस्थाको आयोजनामा २० राष्ट्रको सहभागितामा ऐतिहाशिक भएकोले कार्यक्रम ऐतिहाँसिक बनेको आयोजक कलेजले जनाएको छ।







प्रतिकृया