होलीको महिमा
प्रकाशित मिति
२०७७ चैत्र ९ गते, सोमबार ०६:०७
होलीशब्दमै उमंगको अनुभूति हुन्छ । उमंग, भ्रातृत्व र पवित्रताको पर्वले हामीलाई एउटा आनन्दको अनुभूतिदिनेछ । होलीपर्व मनाउनुका अनेक कारण छन् । कतिले यसलाई अपनत्व, भ्रातृत्व, बुद्धत्व, पवित्रता र आत्मीयताको पर्वका रुपमा परापूर्वकालदेखि मनाइदै आएको संस्कारका रुपमा लिन्छन् ।
कतिले सत्ययुगमा राक्षसीहोलिकाले भक्तप्रह्लादलाई झुक्याएर मार्न खोज्दाआफैं जलेर भष्म भएपछि त्यसैको खुसीमाउत्सवमनाउदै आएको मान्यताका रुपमा लिन्छन् । जे होस,हिन्दुहरुकालागिहोलीपर्वको खास महत्व छ । उसो त वसन्तपञ्चमीको सुरुवातले नै एक खालको नया“पनआमनेपालीको मनमस्तिष्कमा भरिदिने गर्छ ।
ऋतुको राजाभएर पनिहोला, वसन्तपञ्चमीदेखि नै जाडो कम, रात छोटो अनिनया“ पालुवाको मौसम सुरु भइदिन्छ ।जंगलमाहुने पत्झड् र बस्तीमाचल्ने सिरसिर बतासले पनिमनमाअर्कै खालको तरगं फैलाउंछ । वसन्त पञ्चमीपछि आउने शिवरात्रि र त्यसपछि आउंदै गरेको होली पूर्णिमाको नेपालीजीवनमा फरक महत्व छ । पछिल्लादिनमा यूवापूस्ताले शिवरात्रिमागा“जा र होलीमाभगौटा खाने आमचलनजस्तै बनाउनथालेका छन् । शिवरात्रि र होलीले गृहस्थजीवनमा रहेकालाई मात्रै छुदै“न ।
साधु सन्त, महन्त र साधकलाई पनियसले प्रभावित गरेका हुन्छ । प्रकृतिको घुमाइअनुसार वर्षमा १२ वटा पूर्णिमा पर्छन् । हरेक पूर्णिमाको आआप्mनै महत्व छ । फागुपूर्णिमाविभिन्न रंगविरंगस“ग सम्बन्धित छ । प्रकृतिको परिवर्तनअनुसार यसलाई मानिएको छ । यस दिनजसले होली मनाउ“छ, त्यो पूर्णिमाको उत्सवमनाउनु हो । जसरी चन्द्रमाका १६ कला छन्, यस होलीपर्वले पनिमानवजीवनमा मन, बुद्धि, चित्तमा परिवर्तन ल्याउ“छ ।
होलीपर्व त फूल, चन्दन, रगं र जलले एकले अर्कालाई शुद्धीकरण गर्ने पर्व हो । पूजनगर्ने पर्व हो । जलले एकले अर्कालाई छर्कदा शीतलताप्रदान गर्छ । शीतलताचन्द्रमाभनेकै जलको प्रतिकहो । गर्मीमाचन्द्रमाको सेवनगर्नु उत्तम हुन्छ भन्ने प्रकृतिको सन्देश पनिहोली पूर्णिमाहो । शिव र पूर्णिमा (चन्द्र) कालागि त शुद्ध चित्त, व्रतधारण पो गर्नुपर्छ । भजनकीर्तन नाच्ने हो । चन्द्रमाका १६ मध्ये एउटा कला नृत्य, गायन र संगीतहो ।
आखिर भगवान् शिवले पनि ताण्डव नृत्य त गर्थे नि । होलीलाई विकृतिहोइनपवित्रताका साथ सबै नेपालीले सुगन्धित रुपमामनाउन सके हामी सबै एकआत्माहौं भन्ने दर्शाउने छ । विधिवत् रुपमाहोली पूर्णिमामनाउनु नै पशुपतिनाथको पाशुपतधर्म धारण गर्नु हो, पाशुपतधर्म भन्नाले वेद वेदांगलाई बुझ्नुपर्छ ।
आफूले आफैंलाई सम्मानगर्ने पर्व हो होली । चन्द्रमाको स्थानमा आज्ञाचक्र छ । यस दिन आज्ञा चक्रमाचन्द्रमाको ध्यानगर्नाले कल्याण प्राप्त हुन्छ । यो त पवित्रताको पर्व हो, यसमाविषाक्तमिसाउनु विकृतिहो । – सागर गुरागाईं






प्रतिकृया