• १२ असोज २०८३, सोमबार
  • ५ः३५ बेलुका

केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा कांग्रेस जान हुँदैन

प्रकाशित मिति

२०७७ फाल्गुन १९ गते, बुधबार ०८:०८

भक्तपुर,:नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रदेखि प्रदेशसम्म कुनै पनि सरकारमा अहिले कांग्रेस जान नहुने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुका पूर्वसभापति स्व.विश्वनाथ मिश्रको १०५ औं जन्मजयन्तीको अवसरमा आज सिरुटारमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले मौका पायो भन्दैमा अहिले सरकारमा गएर कांग्रेसले जाँदु गर्न नसक्ने बताउनुभयो ।

National Life

कांग्रेसले प्रतिपक्षको धर्म निभाउनुपर्नेमा जोड दिंदै संसदीय प्रक्रियालाई भने अवरुद्ध गर्नु नहुने बताउनुभयो ।देश र लोकतन्त्र अहिले संकटको घडीमा रहेको बताउँदै नेता पौडेलले पार्टीभित्र गुटबन्दी र ब्यक्ति पुजा गर्ने प्रबृत्ति छोडेर कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, कुर्सी हत्याएको भोलिपल्ट अर्को चुनावमा कसरी लड्छौं ? हामी बाग्मती, १ नम्बर होस् कि केन्द्रीय सत्ता हामी प्रतिपक्षमा हो , अरु विकृतिमा चोचोमोचो मिलाउनु हुँदैन,’ पौडेलले भन्नुभयो।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रपति पदको लोभमा परेको भनेर आफ्नाविरुद्ध कुप्रचार गरिएको बताउँदै उहाँले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रँदा राष्ट्रपति हुन खोजेको भन्दै आफ्नाविरुद्ध कुप्रचार गरिएको प्रष्ट पार्नुभयो ।लोकतन्त्रका लागि आफू सधैं लड्दै आएको भन्दै उनले प्रतिनिधिसभा विघटनविरुद्ध लोकतन्त्र र संविधानको रक्षाका लागि सडकमा निस्किएको बताउनुभयो ।

पहिलो राष्ट्रपति बन्न गरिएको प्रस्ताव अस्वीकार गरेको दाबी गर्दै उहाँले ‘गिरिजाबाबुलाई राष्ट्रपति बन्न दिइएन। त्यसपछि गिरिजाबाबुले तपाईं बन्नुस् भनेर प्रस्ताव गर्नुभयो। तर मैले अस्वीकार गरेँ,’ ।

‘राष्ट्रपतिको पदमा खुम्चिएर हुँदैन, मैदानमा बसेर लड्छु भनेर छाडेर हिडेको थिएँ। अहिले मेरा िवरुद्धफेरि गलत प्रचार गरियो।’उहाँले भन्नुभयो ।
पौडेलले अहिले कांग्रेसले कुनै पदको लोभ गर्न नहुने बताउनुभयो ।पौडेलले आफूले प्रधानमन्त्रीको अफर आउँदा पनि बिगतमा लोकतन्त्रको मूल्य मान्यतासँग सम्झौता नगरेको दाबी गर्नुभयो ।

‘पहिलो संविधान सभाको अन्तिम अवस्थामा प्रचण्डले बालुवाटारमा बोलाएर रामचन्द्रजी १० राज्यको सिद्धान्त मानिदिनुस्, बाबुराम राजीनामा गर्नुहुन्छ, तपाईं आजै प्रधानमन्त्री बन्नुस् भन्नुभएको थियो । मैले मानिनँ, १–१ बुँदाबुँदामा मैले लडेको हो,’ पौडेलले भन्नुभयो ।आफु पार्टीमा पनि उद्दार गर्न सक्ने ब्यक्तिको प्रतिक्षामा रहेको बताउनुभयो ।नेताहरुमा निष्ठा र चरित्र नहुँदा जनतामा राजनीतिप्रति नै निराशा छाएको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे ,रमा पौडेल,पुर्व सांसद लेखनाथ न्यौपाने ,कांग्रेस जिल्ला सभापति दुर्लभ थापा,तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष बिनोद कायस्थ,बरिष्ठ पत्रकार कबिर राणा ,नेता कबिन्द्र मिश्र, विश्वनाथ मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष सुरज मिश्र लगायतले बिश्वनाथको योगदानबारे चर्चा गर्नुभयो । सेअवसरमा प्रतिष्ठानलाई रु ५० हजार नगद सहयोग गर्ने कांग्रेस नेता तथा समाजसेवी रबि राणा लगायतलाई सम्मान गरिनुका साथै रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

 

प्रतिकृया