• 9:37 am

पृतनापति सम्मेलन आजदेखि

प्रकाशित मिति

२०७७ फाल्गुन १९ गते, बुधबार ०७:५३

काठमाडौं: नेपाली सेनाले पृतनापति सम्मेलन आजदेखि सुर गर्ने भएको छ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल हुने सेनाले जनाएको छ । महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलन आजदेखि शुरु हुने भएको हो ।

सम्मेलनमा सबै पृतनापतिले मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ । सम्मेलनमा आगामी दिनमा सेनाले लिनुपर्ने रणनीतिको बारेमा समेत छलफल हुने बताइएको छ ।

साथै जंगी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणको क्षेत्रमा भएगरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने सेनाले जनाएको छ ।

प्रतिकृया