• ९ असोज २०८३, शुक्रबार
  • ४ः५८ बेलुका

प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई

प्रकाशित मिति

२०७७ माघ १८ गते, आईतवार १२:४२

काठमाडौँ:  ‘प्रथम चन्द्रागिरि नगरपालिका वडास्तरीय फुटसल प्रतियोगिता २०७७’ को उपाधि वडा नं १५ ले चुमेको छ । वडा नं १४ लाई एकगोलका विरुद्ध तीन गोल गर्दै वडा नं १५ ले रु ७५ हजारसहित ट्रफी र पदक चुुम्न सफल भएको हो । वडा नं १५ का तर्फबाट फुटसलका खेलाडी सुशान्त घिमिरे, समीर कार्की, रोहित थापा, अविरल रिजाल, सजिव रिजाल, रञ्जन श्रेष्ठ मैदानमा उत्रनुभएको थियो भने वडा १४ का तर्फबाट डेनियल श्रेष्ठ, अजित महर्जन, दिलकुमार महर्जन, रमन महर्जन, विजय थापा, सुदन कार्की र साहिल रानाले प्रतिष्र्धा गरेका थिए ।

National Life

नगरपालिकाको सर्वाधिक राशिको सो अन्त्यन्त रोमञ्चकारी प्रतिष्पर्धामा वडा नं १४ ले दोस्रो भई रु ४० हजारसहित ट्रफी र पदक हात पा¥यो । वेष्टर्न युनाइटेड क्लबले संयोजन गरेको सो प्रतिष्पर्धामा नगरपालिकाभित्रका १५ वडाका ३२ टिम मैदानमा उत्रेका थिए भने खेल अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइएको थियो । शुक्रबार शुरुआत भइ शनिबार सम्पन्न सो प्रतियोगिता चन्द्रागिरि–९ स्थित नवनिर्मित मत्छ्य फुटसलमा भएको थियो ।

चन्द्रागिरि नगरपालिकाको मुख्य प्रायोजक र प्रयोजक वडा नं ५ रहेको सो प्रतियोगिताको प्रथम र द्वितीय हुने टिमलाई वाग्मती प्रदेशसभा, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आले, चन्द्रागिरि नगरपालिकाका उपप्रमुख लीसा नकर्मी, वडा नं १५ का वडाध्यक्ष उत्तमबहादुर रावत, वडा नं ६ का वडाध्यक्ष सञ्जय सिग्देल, वडा नं ४ का वडाध्यक्ष कृष्णप्रसाद शाही, महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख मोहनबहादुर खाँण, भेहिकल एकेडेमी एण्ड रिसर्ज सेन्टर गुर्जुधाराका अध्यक्ष राजेश घिमिरे, क्लबका अध्यक्ष रामनारायण घिमिरे, सवमाजसेवी देवेन्द्र प्रधानले संयुक्तरूपमा नगद, ट्रफी र पदक वितरण गरे । उनीहरुले संयुक्तरूपमा नै प्रतियोगितामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपरलाई नगद रु पाँच हजारसहित ट्रफी र पदक प्रदान गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतियोगिताको उत्कृष्ट टिमको उपाधि वडा नं ६ ले प्राप्त गरेको थियो भने उत्कृष्ट गोलर्ता वडा नं १५ का अविरल रिजाल, उत्कृष्ठ खेलाडी वडा नं १४ का शाहिल राना र उत्कृष्ट गोलकिपर राजीव श्रेष्ठले हात पारेका थिए ।-रासस

प्रतिकृया