• ९ असोज २०८३, शुक्रबार
  • ५ः३३ बेलुका

डाक्टर सोसाइटीको आयोजनामा हाल प्रयोगमा रहेको ( covishield ) कोभिड भ्याक्सिन को बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७७ माघ १८ गते, आईतवार १२:२७

भक्तपुर : नबराज काफ्ले।  भक्तपुर डाक्टर सोसाइटी को आयोजनामा हाल प्रयोगमा रहेको covishield कोभिड भ्याक्सिन को बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्नभएको छ ।

National Life

भक्तपुरका चिकित्सकहरु बिच सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा सरुवा रोगका ज्ञाता डाक्टर शेर बहादुर पुन ले अयखष्कजष्भमि भ्याक्सिन अयखष्म महामारी विरुद्ध एक एतिहासीक कदम रहेको र सो खोप लगाइसकेपछि साधारण समस्याहरू आउनु सामान्य रहेको र सो बारे आतिनु नपर्ने विभिन्न खोजहरुले बताएको कुरा व्यक्त गर्नु भयो ।

उक्त खोप विभिन्न अनुसन्धान पछि मात्र आएको र अवश्य पनि यसले मानव हितको पक्षमा मा महत्त्वपूर्ण भूमिका रहने र सम्पूर्ण जनमानसलाई खोप लगाई सुरक्षित हुन आग्रह गर्नुभयो। सोही अन्तरक्रिया कार्यक्रम मा उपस्थित चिकित्सकहरूको जिज्ञासाहरुको समेत उहाँले उत्तर दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै सोही कार्यक्रममा भक्तपुर र नेपालको विभिन्न स्थानमा रही निरन्तर रूपमा स्वास्थ्य सेवामा योगदान दिने भक्तपुरका अग्रज चिकित्सकहरु समेत लाई सम्मान गरियो । सम्मान हुनेहरुमा डा. इन्द्र प्रसाद प्रजापति, डा अमिला श्रेष्ठ, डा ज्ञान कृष्ण कायस्थ, डा अमिरबाबु श्रेष्ठ, डा किरण शाक्य रहेका छन् ।
भक्तपुरमा रहेका चिकित्सकहरु संगठित भएर स्वास्थ्य क्षेत्रलाई ठूलो योगदान हुने र आगामी दिनहरुमा स्वस्थ्य क्षेत्रमा मिलिजुली काम गर्नु पर्ने डा, प्रजापति ले आफ्नो मन्तव्यमा राख्नु भयो ।

त्यस्तै गरी सोसाइटी का अध्यक्ष डा पुण्य राम खर्बुजा ले येस्ता कार्यक्रम हरु चिकित्सक हरुलाई मात्र नभई समाजलाई समेत लाभकारी हुने कार्यक्रम आगामी दिनहरूमा योजना रहेको जानकारी दिनु भएको थियो ।
उक्त कार्यक्रम मा भक्तपुर जिल्ला भरिका टद्ध जना चिकित्सकहरु को उपस्थिति रहेको र उक्त कार्यक्रम सञ्चालन डा.विवेक बासुकलाले गरेका हुन् ।

प्रतिकृया