• ११ असोज २०८३, आइतबार
  • १२ः०३ राती

माइतीघरमा फेरि धर्ना बसे प्रचण्ड र माधव नेपाल

प्रकाशित मिति

२०७७ माघ १८ गते, आईतवार १२:५६

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आइतबार माइतीघरमा धर्ना बसेका छन्।

National Life

धर्नाको नेतृत्व उक्त समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध यो पक्षका संघीय र प्रदेश सांसदहरु गत माघ १४ गतेदेखि माइतीघरमा लगातार धर्ना बस्दै आएका छन् ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र प्रतिगामी भन्दै पुनस्र्थापनाका लागि संघर्षरत सो पक्षले तेस्रो चरणको आन्दोलन जारी राखेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसअन्तर्गत विराटनगर, बुटवल र धनगढीमा व्यापक प्रदर्शन र विरोध सभा गरिसकेको प्रचण्ड–माधव पक्षले आगामी माघ २८ गते काठमाडौँमा अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ ।

प्रतिकृया