• १३ असोज २०८३, मंगलबार
  • ३ः४४ दिउँसो

चितवनमा बाघ मृतावस्थामा फेला

प्रकाशित मिति

२०७७ पुष २८ गते, मंगलवार ०९:३९

चितवन: कालिका नगरपालिका-१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ ।

National Life

डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो ।

उनका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ । बाघ दुई तीन दिनअघि मरेको अनुमान गरिएको छ । बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षित रहेको जनाइएको छ । रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया