• ११ असोज २०८३, आइतबार
  • ११ः०४ बिहान

आज ललितपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०९:०१

ललितपुर, ललितपुरका विभिन्न ठाउँमा आज विद्युत सेवा अवरुद्ध  भएको छ ।

National Life

ललिलतपुरका बिभिन्न ठाँउमा आज ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो ।

पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको जनाउको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

यस्तै प्राधिकरणले निर्धारित समय अगावै ट्रान्सफर्मर जडानको काम सम्पन्न भए तोकिएको समयअगावै विद्युत आउने पनि जनाएको छ ।

प्रतिकृया