• १२ असोज २०८३, सोमबार
  • ९ः३७ बिहान

पूर्व तयारीविना सहकारीमार्फत धान खरीद गर्ने कार्यक्रम अन्योलमा

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०८:५१

काठमाडौं, पुस २२ । सरकारले धानको समर्थन मूल्य तोकेर सहकारीले खरीद गर्ने अधिकार दिए पनि पूर्व तयारीविना शुरू गरिएको कार्यक्रम अन्योलमा रहेको सहकारी सरोकारवालाले गुनासो गरेका छन् । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मंगलवार आयोजना गरेको ‘बहुउद्देश्यीय सहकारीका व्यावसायिक रणनीति’ विषयक भर्चुअल अन्तरक्रियामा सरोकारवालाहरूले यस्तो गुनासो गरेका हुन् ।

National Life

झापाको कमल गाउँपालिकाको २० हेक्टर जमीनमा धानखेती शुरुवात गरेको नमोदय बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फणीन्द्र कार्कीले सहकारी मार्फत खरीद गर्ने भनिए पनि सरकार र सहकारीको पूर्व तयारी नभएकाले अन्योलमा रहेको टिप्पणी गरेका छन् । झापाका ९ ओटा सहकारी सूचीकृत भएको बताउँदै उनले भने भने, ‘धान खरीद भएपछि कहाँ विक्री गर्ने भन्नेबारे सरकार र सूचीकृत संस्थासँग कुनै पूर्व योजना छैन । सहकारीलाई राज्यको तर्फबाट हुनुपर्ने सहायता भएन ।’

नेपाल मल्टिपर्पोज सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले सहकारीले धेरै काम आँटे पनि नीतिगत व्यवस्था सहकारीमैत्री नहुँदा बाधा अड्चन भएको टिप्पणी गरे । सहकारीले उद्योग दर्ता गर्न जाँदा कम्पनीले मात्र पाउने भनेर फर्काइदिएको उदाहरण दिँदै उनले कानूनी रूपमा कम्पनी सरहको छूट, सुविधा सहकारीले समेत पाउनुपर्नेमा जोड दिए ।आर्थिक अभियान दैनिकबाट

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया