• ५ साउन २०८३, मंगलबार
  • ६:२० बेलुका

आन्दोलनरत उखु किसान र सरकारबीच सहमति

प्रकाशित मिति

२०७७ पुष १४ गते, मंगलवार ०७:४१

काठमाडौंः उद्योगीसंग बक्यौता भुक्तानी माग गर्दै काठमाडौको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ ।

सोमबार उद्योग तथा वाणिज्य मन्त्रालयका प्रतिनिधिहरू र किसानहरूबीच चार बुँदे सहमति भएको हो ।

Kamana Sewa

सहमतिसँगै किसानहरुको मंगलबारदेखि धर्ना र आन्दोलन पनि रोकिएको छ। भुक्तानी दिन बाँकी चिनी मिलहरूले अबका २१ दिनभित्र किसानको सबै पैसा दिने सहमति भएको हो ।
भुक्तान नगरेमा चिनी मिलहरूलाई कारबाही गर्ने पनि सहमति भएको छ। किसानहरूले सहमति भएसँगै मंगलबारै घर फर्किने तयारी पनि गरेका जनाइएको छ ।

Classic Tech Desktop

उखु किसानहरू गत मंसिर २८ गतेदेखि माइतीघरमा आन्दोलनरत थिए। पछिल्लो एक वर्षमा उनीहरू दोस्रोचोटि काठमाडौं आएका हुन् ।

प्रतिकृया