• १३ असोज २०८३, मंगलबार
  • ३ः४५ दिउँसो

बसभित्र सामूहिक बलात्कार गरेको अभियोगमा चालकसहित दुई पक्राउ

प्रकाशित मिति

२०७७ आश्विन १८ गते, आईतवार ०४:२९

काठमाडौं ,प्रहरीले सार्वजनिक बसमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । एक जना फरार छन् ।

National Life

महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार सिन्धुपाल्चोकको साँगाचोक गढी नगरपालिका–१० घर भएका २२ वर्षीय निरकुमार खड्का र अर्का एक व्यक्ति पक्राउ परेका हुन् ।

भक्तपुर–८, कालाँचामा रोकिराखेको बा ३ ख २६१२ नम्बरको बसमा चालक खड्कासहित तीन जनाले जबरजस्तीकरणी गरेको किटानी जाहेरी परेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जाहेरीको आधारमा महानगरीय प्रहरी वृत्त, जगातीले दुईजनालाई पक्राउ गरेको हो । घटनामा फरारको खोजी भइरहेको जनाइएको छ ।

प्रतिकृया